काठमाडाै । बैशाख १ गतेदेखि प्रदशर्नमा आएकाे फिल्म ‘जारी’ पाइरेसी भएको छ ।  अहिले सिनेमा हलमा प्रदेशन भइरहेको फिल्म जारी टिकटक, युटयुब लगायत सामाजिक सञ्जालमा पाइरेसी भएको हो । 

सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै फिल्मका निर्माता मणिराम पोखरेलले आइतबार पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन् । 

यसअघि पनि बासुरी फिल्मसकै ब्यानरमा निर्माण भएको फिल्म ‘कब्बडी ४’ पाइरेसीको सिकार बनेको थियो । पछि प्रहरीको तदारुकतामा पाइरेसी गरिएका एकाउन्टबाट ती दृश्य हटाइएको थियो । पछिल्लो समय सामाजिक सञ्जालबाट हुने फिल्म पाइरेसी निर्मातालाई हैरानीको विषय बनिरहेको छ ।   

दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्मले दुई दिनमा आक्रामक व्यापार गर्दै ४ करोड २० लाख बढी कलेक्सन गरिसकेको छ । आज पनि हलमा दर्शकको चाप उस्तै छ ।