प्रदेशको नाम कोसी हो कोशी होईन

  • न्युजडेस्क
  • प्रकाशित मिति: फाल्गुन १९, २०७९

इटहरी/ प्रदेश नम्बर १ ले नाम पाएसँगै अहिले नामको बिषयमा नेपाली भाषा प्रयोगमा चिन्ता ब्यक्त गर्नेहरुले चासो ब्यक्त गरेका छन्। प्रदेश सरकारले प्रदेशको नाम ‘कोशी’ लेखेपछि यसको बारेमा चासो गरिएको हो।

सरकारले नाम ‘कोशी’ राखेको छ(हेर्नुहोस राजपत्र) । सरकारले ‘कोशी’ राखेपनि अहिले ‘कोशी’ कि ‘कोसी’ भन्ने बिषय बहस हुन थालेको छ। प्रदेश सरकारले ‘कोशी’ प्रदेश भनेर नामकरण गरे पनि ‘कोशी’ नभएर ‘कोसी’हुने भाषाबिदहरुको भनाई छ। ‘कोसी’ देख्दा मोटो ‘श’ नहुने भाषाबिद्हरुको भनाई छ। koshi

मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक डा. गोपिकृष्ण खतिवडाले कौशिकी शब्द तत्सम शब्द रहेको र त्यहि कौशिकी शब्दको तत्भव शब्द कोसी भएको हुँदा पहिला पहिला तत्भव शब्दहरुलाई मोटो श प्रयोग हुने गरेको र पछिल्लो चरणमा तत्भव र आगन्तुक शब्दहरुमा पातलो स मात्र प्रयोग गर्ने भन्ने नियम आएकोले सोहि नियम अनुसार मोटो श को ठाउँमा पातलो स लेख्न थालिएको भन्दै हाम्रो प्रदेशको नाम पनि ‘कोशी’ नलेखेर ‘कोसी’ लेख्नुपर्ने बताउनुहुन्छ।

पूर्वीखबरका सम्पादक त्रिलोचन पौड्यालसँगको लामो सम्बादका क्रममा डा.खतिवडाले प्रदेश सरकारमा रहेका कर्मचारीहरुको भाषा प्रयोगमा त्रुटि भएका ‘कोशी’ लेखिएको हुँदा यसलाई सुधार गर्दै ‘कोसी’ लेख्नुपर्ने तर्क गर्नुहुन्छ।

यस्तै भाषाबिद दिनेश पौडेलले नेपाली व्याकरण र शब्दकोशले ‘कोसी’ भन्ने भन्दै आँफुहरुले पनि ‘कोसी’ भन्ने गरेको तर ‘कोशी’ लेखिदिएर बर्बाद गरेको भन्नुहुन्छ। उहाँले संस्कृत शब्दमा मात्र श, ष, ज्ञ, क्ष, प्रयोग हुने हुँदा ‘कोसी’ शब्द संस्कृतको कौशिकीको अपभ्रंश हो । तद्धव रुप हो त्यसैले तद्धव शब्दलाई पातलो स लेख्नुपर्दछ।

यता सप्तकोसी एफ एमका समाचार सम्पादक लिलाराज भट्टराईले भने सामाजिक सञ्जाल फेसबुकमा बर्णबिन्यासमै बिद्याबारिधि गर्नुभएका भाषाशास्त्री प्रा.डा. बलदेब अधिकारीको भनाई उद्यृत गर्दै कोशी नै लेख्नुपने, कोसी होईन लेख्नुभएको छ। अधिकारीले तालब्य श नै लेख्नुपने बताउनुभएको छ। भट्टराईले फेसबुकमा लेख्नुभएको छ ‘ बर्णबिन्यासमै बिद्याबारिधि गर्नुभएका भाषाशास्त्री प्रा डा बलदेब अधिकारी भन्नुहुन्छ कोशीनै लेख्नुपर्छ, कोसी हैन । उहाँ भन्नुहुन्छ तालब्य श नै लेख्नुपर्छ।’

यस्तै प्रदेश सरकारले वैधता दिएको ‘कोशी’लाई नै मान्य गरिनुपर्ने कतिपयको बिश्लेषण छ। यसै विषयमा अहिले सामाजिक सञ्जालमा बहस छेडिएको छ भने मानिसहरु ‘कोशी’वा ‘कोसी’मा अलमलिरहेका छन्।

(एटिएन मिडिया प्रा.लि.को अर्को प्रस्तुती पूर्वीखबर युट्युव च्यानलमा प्रसारण गरिएको यो अन्तरवार्ता पनि हेर्नुहोस :- सम्पादक)


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved