सुनसरी/ कमलमान सिंहको शब्द र संगीत तथा स्वर मा रहेको ‘जीन्दगी’ सार्वजनिक गरिएको छ। मंगलबार कमलमानसिंह नामक यूट्यूब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

गितको मुख्य भूमिकामा ईन्जिनियर सहदेव चन्द रहेका छन्। त्यस्तै मिग्मा डेबिड शेर्पा र संज्ञा श्रेष्ठको समेत भूमिका रहेको छ। गीतको मुख्य पात्रमा देखिएका शेर्पा एक नेपाली पर्वतारोही र उद्धार आरोही हुन्। शेर्पाले ८ हजार भन्दा अग्लो हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा पर्वतारोहीको किर्तीमान समेत राखेका छन्। उनले सगरमाथा र माउन्ट केटू सबैभन्दा छोटो समयमा आरोहण गरि गिनिजबुक अफ वल्र्डमा नाम लेखाएका छन् ।

‘जीन्दगी’ नाम दिइएको सो गीतमा एक युवाले आफ्नो सपना पूरा गर्नका लागि सबै दुख पीडालाई भुलेर रमाएको कथालाई देखाइएको छ । त्यसका साथै गीतमा मिठास ढंगले प्रेमलाई समेत व्यक्त गरिएको छ ।

मुख्य भूमिकामा देखिएका ईन्जिनियर चन्दले सो गीतले युवाहरुको कथा बोलेको बताउँछन् । आफ्नो विविध समस्याकाबीच आफूले देखेको सपना पुरा गर्नका लागि निरन्तर लागिपर्ने युवाहरुको कथा जीन्दगी रहेको उनी बताउँछन् ।

यो समाचार तयार पार्दासम्म तीस हजार भन्दा बढी पटक हेरिएको गीतमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

तपाँईपनि हेर्नुहोस गित :