बराहक्षेत्र/ म सुदीप थापा भोजपुरको साल्पासिलिछो गाउँपालिकाबाट उच्च शिक्षाका लागि बराहक्षेत्रको सप्तकोशी क्याम्पसमा अध्ययन गर्न झरेको हुँ। मेरो जानकारीमा १०बर्षको मात्रै इतिहास बोकेको सप्तकोशी बहुमुखी क्याम्पसको नवनिर्मित भवन निर्माणमा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालको उल्लेख्य भुमिका देखिन्छ।

उहाँले भवन निर्माणका लागि आँट नदिएको भए हामी जस्ता पहाडी भूभागबाट आएका बिद्यार्थीले यति सुलभ र गुणस्तरीय शिक्षा हासिल गर्न सकिँदैन थियो। मेयर खनालको यस्तो आँट आज नभएको भए करिब आठसय जना बिद्यार्थी घरबाट टाढा हुने थिए। सुनौलो शिक्षाको पहुँचबाट बञ्चित हुने थिए। यो काम सफल बनाउन उहाँको साथै क्याम्पस प्रमुख खगेन्द्र निरौला अनि अरु शिक्षकको महत्वपूर्ण भूमिका छ।

त्यसैगरी अव निर्वाचित हुने जनप्रतिनिधिहरुले बराहक्षेत्रमा कसरी बिकास गर्ने भन्ने बारेमा मैले केहि धारणा अघि सारेको छु।

१) सबै वडाबाट नगरपालिका कार्यालय जोडने बाटो कालोपत्रे गर्नुपर्छ।

२) नगरका प्रत्येक वार्डहरुमा सामान्य प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याईनुपर्दछ।

३) नगरका प्रत्येक वार्डहरुमा खेलकुद बिकासका लागी उपयुक्त व्यवस्थापनसहितको कबड हल साथै सभाहल निर्माण गरिनुपर्दछ।

४) नगरका ११वटै वडामा गाउँ टोल सुधारका लागि टोल सुधार समिति गठन गरिनुपर्दछ।

५) प्रत्येक वार्डहरुमा ड्रेनसहितका सिंचाईका लागी आवश्यक कुलो, पैनी निर्माण गरिनुपर्दछ।

६) नगरको स्वास्थ्य उन्नतिका लागी वार्ड नम्बर ९,१० र ११लाई समेट्ने गरी सुविधा सम्पन्न अस्पताल निर्माण गरिनुपर्दछ।

७) भरौल खेल मैदान, दोभान खेल मैदान, चतरा खेल मैदान र प्रकाशपुर, कालाबञ्जर आदि क्षेत्रमा फुटवल र भलिवल खेलका लागि मैदान निर्माण गरिनुपर्दछ।

८) राजावास देखी चतरा जोड्ने कोशी किनारको सडक खण्डको स्तरोन्नति गरि ठाउँ–ठाउँमा डष्टबिन र सडकको दुवैतर्फ अशोक, धुपी जस्ता सदावहार बिरुवा लगाई सडकलाई आकर्षक बनाईनुपर्दछ।

९) नगरको प्रतिनिधित्व हुनेगरेर सबै भाषा जाति, लिङ्ग, पेशा, साहित्य संगीत, कला धर्म, उत्थानका लागी बराह संस्कृति उत्थान बोर्डको स्थापना गरि सञ्चालनमा ल्याईनुपर्दछ।

१०) बाङ्गे बजार, चक्रघट्टी बजार, सोमबारे बजार, राजाबास बजार, चतरा बजार आदि ठाउँमा ट्राफिक चिन्हसहितको जेब्रा क्रस एवं नागरिक सूचना बोर्ड राखिनु पर्दछ।

११) अमाह सिमसार क्षेत्र, चतरा धाम, नयाँ कोशी पुललाई पर्यटकीय आकर्षण केन्द्रका रुपमा स्थापना गरि नगरको आम्दानी बढाउन सकिने छ।

१२) वडा नम्बर ८ मा रहेका प्रमुख चोक शिवशक्ति पुलाहा चोक, शिकारी थान आदि ठाउँमा हप्ताको कुनै एक बार मेला लगाउनुपर्ने,

१३) युवा, बिद्यार्थी र साना बालबालिकाका लागि उनीहरूको नेतृत्व बिकास माग गरी प्राविधिक सीपमूलक योजना अघि सारिनुपर्दछ।

१४) बर्षको २० प्रतिशतले बेरोजगारी समस्या समाधान गर्नका लागि आर्थिक नीतिसहितको साना उद्योग कलकारखानाको बिकास गरिनुपर्दछ।

१५) चक्रघट्टी देखी पश्चिममा रहेका ठाकुरवारी, जल्पाई चोक आदि क्षेत्रमा नगरले गाईभैँसी, उन्नत जातका बाख्रा, माछा फर्महरु सञ्चालनमा ल्याउनुपर्दछ।

१६) नगरका मुख्य चोकसँग जोडिएका मुख्य सडक खण्ड राजाबास–प्रकाशपुर मधुवन–नडाहा सम्मका सडकहरुमा ड्रेन राखी सोलार बत्तिको प्रयोग गर्ने साथै सडक छेउछेउमा आकर्षक बनाउन बिरुवा लगाई हरियाली सडक खण्ड बनाउने,

१७) बीचपानी देखी बत्तीस पुलसम्म आकर्षक ढाँचामा नहरलाई ड्याम बनाई दुई लाख संख्यामा हाँसपालन गर्ने सडक छेउमा तारजाली लगाई नगर प्रहरी परिचालन गर्दै बरोजगार युवालाई रोजगार दिई नगरको अर्थतन्त्र बलियो पार्न सकिने छ।

१८) कोशीका माथिल्ला तटीय क्षेत्रमा आवश्यक सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याई पर्यटक आकर्षण गर्न सकिनेछ। यस्तै सिजन सिजनमा उपर्युक्त हुने माछापालनका लागि ड्याम बनाई माछापालनलाई जोड दिई नगरको आम्दानी बढाउन सकिने छ।

१९) बराहक्षेत्र नगरपालिकाका सबै वडाहरुमा वेल्डिङ, ड्राईभिङ, कप्युटर सिकाई, सिलाई बुनाई तालिम सञ्चालनका लागी प्रशिक्षण केन्द्र स्थापना गर्नुपर्ने,

२०) वडा नम्बर १मा रहेको सूर्यकुण्डमा भ्यू टावर निर्माण गर्नुपर्ने र त्यहाँको स्टबेरी खेतीलाई आधुनिकीकरण गरि बजारसम्म उचित मुल्यमा बिक्री बितरणका लागि नगरले समन्वय गर्नुपर्ने,

२१) टोल सुधार समितिबाट कृषि तथा साना सहकारी संस्था स्थापना गरी आर्थिक गतिविधिलाई सुधार गर्न सकिने छ।

२२) नगर पालिकाले गर्ने प्रत्येक शिर्षकका जुनसुकै आम्दानि र खर्चलाई डिजिटल बोर्डमार्फत मुख्य–मुख्य सडकहरुमा त्रैमासिक रुपमा प्रर्दशन गरेर जनता सामु बुझाउने,

२३) सिटिईभिटीबाट मान्यता प्राप्त प्रशिक्षक झिकाई रोजगारीमा जान चाहनेहरुका लागी आवश्यक प्रशिक्षण प्रदान गर्न प्रशिक्षण केन्द्रको स्थापना हुनुपर्ने,

२४) त्रैमासिक रुपमा नगर तथा वडाका सबै प्रतिनिधिहरु जनताका गुनासा बीच अन्तरकृया कार्यक्रम सञ्चालन गर्नुपर्ने,

२५) बलत्कार, लागुपदार्थ दुब्र्यसनी, महिला तथा जातीय हिंसा, लैङगिक हिंसा दाईजो प्रथा उन्मुलनका लागि प्रत्येक टोलमा जन चेतनामुखी कार्यक्रम सञ्चालन गरिनुपर्ने, साथै पीडितलाई न्याय र दोषीलाई कडा कारबाही वा दण्डित गर्ने वातावरण बनाईनुपर्ने,

२६) चक्रघट्टि, प्रकाशपुर, राजाबास कालाबञ्जर, चतरा, मधुवन आदि जस्ता बजार क्षेत्रमा संगित तथा नृत्य कक्षाहरु सञ्चालन गर्नुपर्ने, यी बजारहरुमा एटिएम बिस्तार, पेट्रोल पम्पको सुविधा बढाउन उत्प्रेरणा जगाउनुका साथै सिसि क्यामेराको निगरानी बढाउने,

२७) नगरपालिकाले साना तथा लघु घरेलु उद्योग, कृषि, पशुपालनलाई जोड दिँदै उत्पादनलाई ५० प्रतिशत अनुदानमा ऋण उपलब्ध गराई आबश्यक बीउविजन, औजार उपलब्ध गराउनुपर्ने,

२८) सप्तकोशी बहुमुखी क्याम्पस, प्रकाश मावि, जडेज मावि, आदर्श मावि, बसन्तऋतु मावि आदि शैक्षिक संस्थाको शैक्षिक गुणस्तर, भौतिक निमार्णमा, सञ्चार र प्राविधिक बिकास, कम्प्युटर तथा ल्याबको सुविधा एवं लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालनमा ल्याउनुपर्ने,

२९) बराहक्षेत्र नगर भरिका सबै वडाको माटो परिक्षण गरी उपयुक्त बाली, फलफूल उत्पादन मुखी कार्यक्रम गरेर आवश्यक सामग्री उपलब्ध गराउने,

३०) बराहक्षेत्रका सबै वार्डहरुलाई कोशीको पानी पम्पिङ गरेर जमिनमुनिको पानी (कल) मुक्त नगर बनाउने,

३१) नगरका सबै वार्डलाई स्वास्थ बीमा युक्त बनाउने, गरिब, बृद्धबृद्दा, अपांगता भएकाहरु, एकल मानिसको गरिबी निवारणका कदम अघी बढाउने,

३२) सुर्तिजन्य बस्तुको मूल्य बार्षिक १०प्रतिशतले बढाउने, स्थानीय मदिराको उत्पादनलाई बढ्ने उद्योगहरू सञ्चालनमा ल्याउने,

३३) बराहक्षेत्रका सबै वार्डमा रहेका आधारभूत बिद्यालयको स्तरोन्नति गरी शिक्षक तालिम, गोष्ठिलाई आकर्षण हुने गरिका प्रभावकारी तालिम सञ्चालन गर्ने,

३४) आधारभुत र माध्यमिक बिद्यालयमा बिद्यार्थी संख्या र घरको दुरी हेरेर स्कुल बस सञ्चालनमा ल्याई शैक्षिक उन्नतिमा जोड दिनुपर्ने साथै बिद्यालय बाहिरका बालबालिकालाई विद्यालय क्षेत्रसम्म ल्याउन सबैखाले रणनीति कार्यान्वयन गर्ने,

३५) बढ्दो शैक्षिक बेरोजगारीलाई रोक्नका लागी योग्यता प्राप्त व्यक्तिलाई होम ट्युसन र टोल ट्युसनका लागी खटाउने,

३६) बराहक्षेत्रमा रहेका मठमन्दिरको प्रचार प्रसारमा जोड दिने,

३७) कृषिमा आधुनिकीकरणका लागि बार्षिक र पञ्चबर्षीय योजनाहरु तय गर्ने, मौरीपालन र दुग्ध पर्दाथ उत्पादनलाई जीवन निर्वाहमुखी बनाउने,

३८) बिभिन्न संघसंस्था, क्लबको नेतृत्वलाई सम्मान गरी वृक्षरोपण तथा सरसफाई कार्यक्रम मासिक सञ्चालनमा ल्याई, स्वच्छ बराह, हरियो बराह निमार्णमा जुट्ने,

३९) स्थानीय उत्पादनलाई जोड दिँदै नजिकको बजार व्यवस्थापनमा जोड दिई नगरका काम चुस्त दुरुस्त, पारदर्शी र दिगो बिकासमा जोड दिने,

४०) गिटी बालुवाको ओसारपसारमा कडाँई गरेर नदि कटान रोक्न, तटीय क्षेत्रमा तार जाली लगाउने,

४१) एकल, गरिब, उत्पीडित, बेरोजगारलाई सरकारी स्वामित्वमा रहेका जग्गा प्रयोग गरी उत्पादनमुखी र हरियो बनाउने,

४२) भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा प्रदान गरेर आबश्यक स्थानमा पसल, सटर, फर्महरु, पोखरी निर्माण गरेर गरिबी र बेरोजगारी रोक्ने,

४३) नगरबाट निस्कने सबैखाले फोहोरको उचित व्यवस्थापन गर्ने, पुन प्रयोगमा ल्याउन मिल्ने बस्तुहरुलाई पुन प्रयोगमा ल्याउने, कुहिने फोहोरलाई मलको रुपमा प्रयोग गर्ने,

४४) नगरको आर्थिक लेखाजोखाका लागि भ्रष्टाचारको अन्त्य गरी आर्थिक बिकासमा अल्पकालीन, दीर्घकालिन, वातावरण मैत्री तथा दिगो विकाससहितको आर्थिक नीति अँगाल्ने,