यम राई-केराबारी / मोरङ्गको साविक केराबारी गाविस हाल केराबारी गाउँपालिका, वडा नम्बर १०का पुराना समाजसेवी एवं स्थानीय एमाले नेता नवीन थापा मगरको जेष्ठ पुत्रका रुपमा जन्मिनुभएको हो। सुमन मिरिङचिङ मगर ।
बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्किएका मगर जनआन्दोलन २०६२/ ६३ मा काठमाण्डौमा शिक्षा लिने क्रममा नै आन्दोलनमा दैनिक सहभागी हुनुहुन्थ्यो। अनेरास्वबियुको नेतृत्वमा हुने हरेक आन्दोलनमा सहभागी हुँदै उहाँको राजनिती शुरुवात भएको थियो भने बीचमा करिब ६ वर्ष उच्च शिक्षाको लागि अहिले आम नेपाली बिद्यार्थीको सपनाको देश अष्ट्रेलिया जानुभएको थियो।
![](/uploads/advertise/janata school_1720267096.jpg)
अष्ट्रेलियामा हुँदा समेत बिभिन्न सामाजिक काममा सरिक हुँदै आउनुभएका मगरलाई उच्च शिक्षा हासिल गरिसक्ने बित्तिकै त्यहाँको पिआरले भन्दा पनि देशप्रतिको अगाध मायाले तानेर नेपाल फर्किने निर्णय गर्नुभयो र नेपाल फर्किए पश्चात तत्कालिन युवा संघ नेपालको मोरङ्ग क्षेत्र नम्बर ८ कमिटीको सदस्य हुँदै युवा राजनीतिमा होमिनुभयो र राष्ट्रिय युवा संघ नेपालको जिल्ला हुँदै उहाँ हाल केन्द्रिय कमिटिको सदस्य हुनुहुन्छ भने नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुनुहुन्छ।
उहाँको अगुवाईमा राष्ट्रिय युवा संघ नेपाल केराबारीले धेरै सामाजिक कामहरु गरिसकेको छ भने केराबारीमा कहिँकतै दुख पीडा भएमा वा आपत विपत आईपरेमा सबै भन्दा शुरुमा सम्झिने नाम बनाइसक्नुभएको छ राष्ट्रिय युवा संघ नेपाल केराबारीलाई ।
![](/uploads/advertise/jeniksh_1697522121.gif)
केराबारीमा हुने हरेक सामाजिक काममा सहयोग गर्ने सुमन मिरिङचिङ नेकपा एमालेको युवाहरु मात्र नभएर सिंगो केराबारी गाउपालिकाका युवा माझ नै लोकप्रीय र आइडलको रुपमा स्थापित भईसक्नुभएको छ। राजनितिलाई समाजसेवा ठान्ने सुमन मिरिङचिङ मगर अव हुन गइरहेको स्थानीय निर्वाचनमा अध्यक्ष पदमा उठ्नुपर्छ भन्ने मागहरु नेकपा एमाले भित्र र केराबारीका आम युवा माझ आउन थालेको छ ।
पार्टीलाई संकट परेको बेला काँध थापेर सबैतिर पार्टी कमजोर भईरहेको अवस्थामा केराबारीमा झन् ससक्त बनाउनमा उहाँको ठूलो योगदान छ । अहिले युवाहरुमाझ मात्र नभई पार्टी भित्रका र बाहिरका आम जनता माझ पनि निकै नै लोकप्रिय हुनुहुन्छ ।
एउटा सक्षम नेतृत्वको अभाव खड्किरहेको केराबारी गाउँपालिकामा बिकास, समृद्धि र सुशासन कायम राख्न सक्षम नेतृत्व प्रदान गर्न केराबारी गाउँपालिकाको आम जनताले मागेको नाम हो–सुमन मिरिङ्चिङ
(लेखक राई केराबारीमा रहेर राष्ट्रिय युवा संघको राजनीति गर्दछन्–सम्पादक)