लजालु मुस्कान अनि‘कोरियन लुक्स’ले जो कोहीलाई प्रभावित गर्ने खुबी छ उनमा। बरु गाँस छोडियोस् साथीभाईको साथ हमेसा चाहिन्छ भन्ने मान्यता राख्ने गर्छन्। कलाकार– नरेन्द्र राई।
संखुवासभामा बाल्यकाल बिताएका उनी हाल कलाकारितामा अघि बढ्ने सोचका साथ लागिपरेका छन्। संखुवासभामाको हिमालय माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनले काठमाडौं चावेलस्थित पशुपति बहुमुखी क्याम्पसबाट प्लस २ गरेका हुन्।

बि.स. २०७० सालदेखि सशस्त्र प्रहरी बलमा भर्ती भई खेलकुदमा सकृय हुँदै हाल कला क्षेत्रमा प्रवेश राईले भर्खरै क्रेजी इन्टरटेमेन्टको व्यानरमा निर्माण भईरहेको ‘हाम्रो जी.एफ.’ सर्ट मुभीमा पनि अभिनय गरिसकेका छन्।

सानो छँदा गाउँ घरमा हुने नृत्य प्रतियोगिताहरुमा सहभागी हुँदै आफूलाई नृत्यमा अब्बल सावित गरेका राई कलाकारितामा होमिएका छन्। अब चाँडै नै म्यूजिक भिडियोहरुमा पनि छाउने तयारी गरिरहेका राईने मुस्कुराउँदै भने–‘अब चाँडै नै गायक समिर बिकको माया फुल बनोस्... भन्ने गीतमा अभिनय गर्दैछु।’