छुरा प्रहार गरी आमाको हत्या गर्ने अभिनेत्री पक्राउ

  • शोभित मगर
  • प्रकाशित मिति: पुष २०, २०७६

एजेन्सी / आमालाई छुरा प्रहार गरेको अभियोगमा अभिनेत्री मोली फिट्जगराल्ड पक्राउ परेकी छन्। सन् २०११ को फिल्म ‘क्याप्टेन अमेरिकाःद फस्ट एभेन्जर’की अभिनेत्री मोली पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार नयाँ वर्षको अघिल्लो दिन आमालाई छुरा प्रहार गरेको अभियोगमा उनलाई कान्सासबाट पक्राउ गरिएको हो।

अभिनेत्री मोलीकी आमा पेट्रसिया फिट्जगराल्ड कान्सासस्थित घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो। अनलाइन अदालतको रेकर्डअनुसार अभिनेत्री मोलीलाई हिरासतमा राखेर हत्या अभियोग लगाइएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved