काठमाण्डौ / भारतमा अहिले नायक-नायिकाको विवाहको चर्चा खुबै चल्ने गरेको छ। यस्तोमा यहाँ यस्त नायिकाहरुको चर्चा गरिएको छ जसले जीवनभर विवाह नगर्ने कसम खाएका छन् –

parveen-death_b_

१. परबीन वेबी
७०–८० को दशकमा खुल्लपन नआउँदा पनि आफ्नो स्वतन्त्रतामा बाँच्न रुचाउने नायिका परवीन बेबी तीन व्यक्तिसँग प्रेमसम्बन्धमा थिइन्। तर, जीवनभर विवाह भने गरिनन्। उनले जीवनमा डेनी, कबीर बेदी र महेश भट्टसँग प्रेम सम्बन्धमा थिइन्। परवीन बेबीले अध्यात्मसँग जोडिने चक्करमा फिल्म क्षेत्रबाट बिदा लिएकी थिइन्। सन् २००५ मा उनको निधन भएको थियो।

7-52-733x550

२. सुष्मिता सेन
बलिउडकी नायिका तथा पूर्व मिस युनिभर्स सुष्मिता सेनको प्रेमको चर्चा विक्रम भट्ट, मुद्दसर अजीज, सञ्जय नारंग, रणदीप हुड्डा, इम्तियाज खत्री, बन्टी सचदेव, अनिल अम्बानी र वासिम अक्रिमजस्ता व्यक्तिसँग थियो। यति धेरै अफेयर्सका बाबजुद उनी दुई बच्चाकी एकल आमा हुन्।

c23d3d50cb1c4938e170aa7921ea3e11

३. तबस्सुम फातिमा हाशमी
तब्बू भनेर चिनिने यी नायिकाले पनि अहिलेसम्म विवाह गरेकी छैनन्। उनको नाम धेरै अभिनेतासँग जोडिँदै आएको छ। उनी १५ वर्षसम्म दक्षिण भारतीय अभिनेता नागार्जुनसँग प्रेम सम्बन्धमा थिइन्। तर, नागार्जुन विवाहित थिए। त्यसैले उनीहरुको बीचमा विवाह हुन सकेन।

dqv4n3pu-Suraiya-1

४. सुरैया
कुनै समयमा अभिनयका साथै आफ्नो सौन्दर्यको कारण पनि निकै चर्चित थिइन्। उनी देव आनन्दलाई प्रेममा फसाउन सफल भएकी थिइन्। उनीहरुको बीचमा पहिलो भेटमा नै प्रेम भएको थियो। उनीहरुको सम्बन्ध नायिकाका परिवारलाई भने मन परेको थिएन। यसको कारण उनीहरुको प्रेम सम्बन्ध छुटेको थियो। त्यसपछि सुरैयाले विवाह गरिनन्। सन् २००४ मा उनको निधन भएको थियो।

amisha-patel

५. अमीषा पटेल
चर्चित बलिउड फिल्म ‘कहो ना प्यार है’ बाट डेब्यू गरेकी अमीष पटेलले पनि विवाह गरेकी छैनन्। कुनै समय धेरै युवाको मनमा बस्न सफल यी नायिका लगातार फ्लप फिल्मपछि भने फिल्मी क्षेत्रबाट टाढा हुँदै गइन्।

उनी विक्रम भट्टसँग प्रेम सम्बन्धमा थिइन्। यी दुईको बीचमा करीब ५ वर्ष अफेयर्स चलेको थियो। उनीहरुले सन् २००७ मा यो सम्बन्ध टुंग्याएका थिए। त्यसपछि उनी कनव पुरी नामक व्यवसायीसँग पनि सम्बन्धमा थिइन् तर यो सम्बन्ध पनि आफ्नो लक्ष्यमा पुग्न सकेन। सन् २०१० मा यो सम्बन्ध पनि सकिएसँगै उनले सञ्चारमाध्यम विवाह गर्ने मन नरहेको बताएकी थिइन्।