हलिउड अभिनेता जोनी डिपलाई पूर्वपत्नी एम्बर हर्डले कुटिन

  • शोभित मगर
  • प्रकाशित मिति: माघ २५, २०७६

एजेन्सी / हलिउड अभिनेता जोनी डिप पूर्वपत्नी एम्बर हर्डबाट कुटिएका छन।

हालै सार्वजनिक भएको एक भिडियोमा जोनकी पूर्वपत्नी एम्बर हर्डले उनलाई कयौंपटक प्यान र अन्य भाँडाले हानेको देखिएको छ।

यस्तो भिडियो सार्वजनिक भएपछि जोनीका फ्यानहरूले ट्वीटरमा जोनी डिपलाई न्याय देउ भन्ने ह्यास ट्याग (जस्टिस फर जोनी डेप) नै चलाएका छन्।

मलाई माफ गरिदेऊ कि मैले तिम्रो गाला राम्ररी चड्काइन तर पनि तिमीलाई मैले हाने र त्यो मुक्का थिएन, बेबी तिमीलाई मुक्का हानिएको छैन सो अडियो, उनले भनेको सुनिन्छ।

मैले तिमीमाथि प्यान र भाँडाहरुले हाने भन्दैमा तिमीले मेरो ढोका ढक्ढकाउन मिल्दैन भन्ने होइन, सो अडिओमा एम्बरको जवाफ सुनिन्छ। त्यसपछि जोनले आफूलाई हानिएको फूलदानी आफ्नो साथमा रहेको बताउँछन्।

साँच्चै, मैले तिमीलाई हिर्काउँन दिनुपथ्र्यो ? तिमीलाई आजसम्म मैले केहीले हानेको छु भने त्यो अस्ट्रेलियामा तिमीले क्यानले हिर्काएको बेलामात्र हो’, जोनीले एम्बरलाई जवाफमा भन्छन्।

जोनी र एम्बरबीच सन् २०१६ को मेमा सम्बन्ध विच्छेद भएको थियो। सम्बन्ध विच्छेदपछि एम्बरले वासिङटन पोस्टमा आफूमाथि घरेलु हिंसा भएको भन्दै अन्तरवार्ता समेत दिएकी थिइन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved