आमा...!
म लागे है
त्यो चरा जस्तै जहाज चडेर
आशीर्वाद दिनुहोस्
खै...! फर्कदा वाकसमा
आउछु कि जहाजमा
आफ्नो देश
आफ्नो परिवार
छाडेर जाने रहर त !
कहाँ थियो र
तर
साहुको कचकच
अनि त्यो बेरोजगारीले
देशमा बस्न दिएन
अब परदेश जान्छु
केही गर्न , केही कमाउन।
आमा...!
सँगैको साथिले आइफोन
बोक्न थाले , बाइक चडन थाले
अनि घरको जिम्मेवारी त छ्दैछ
त्यो चुहिने परालको छनोलाई
फ्यालेर नयाँ टिन हाल्ने
अनि आमा तिमीलाई
खुसी र सुखी बनाउने
घाम पानी केही नभनी
खटौला म त्यो बिरानो सहरमा
फर्की आएसी धेरै खुसी दिउला।
आमा...!
अहिले लाई गए म
त्यो समुन्द्र पारिको देशमा
फर्कर आउने छु
सके जहाजमा
नसके बाकसमा
नरोए है आमा
फर्की आएछ भने
तिम्रो सन्तानको लास
अड्केला है आमा
खाई रहेको तिम्रो मुखको गाँस
गए है आमा अहिले लाई
फर्किदा खुसी लिई
आउने कोशिस गर्नेछु
जहिलेलाई।

विवेक श्रेष्ठ
बेलबारी, मोरङ