सुनसरी / इटहरीमा सम्पन्न पूर्वाञ्चल स्तरिय भेटानकप फूटसल प्रतियोगिताको उपाधी धरान फूटसल क्लबले जितेको छ। सोमबार सम्पन्न फाइनलमा धरानकै बारबारसप फूटसल क्लबलाई ६–१ गोल अन्तरले पाराजित गर्दै धरान फूटसलले उपाधीसंगै नगद ४० हजार रुपैयाँ र टफी प्राप्त गरेको हो।

उपबिजेता बारबारसप फूटसलले नगद २० हजारमा चित्त बुझाएको छ। धरान फूटसलका लागि सर्वाधिक गोलकर्ता घोषित भएका राजकुमार राइले ४ गोल गरे। उनले प्रतियोगितामा जम्मा ८ गोल गरेका थिए। यस्तै नर्सिङ राई र करण राइले १–१ गोल गरे। बारबारसपका तर्फबाट एक मात्र गोल सुमन श्रेष्ठले गरे।

एन्फा एकेडेमी धरानका प्रशिक्षक समेत रहेका श्रेष्ठले प्रतियोगिता भर ६ गोल गरेपनि उपाधी जिताउन सकेनन। यसअघि सोमबार नै सम्पन्न क्वाटरफाइनल खेलमा धरानले बिराटचौक भेटान तथा सेमिफाइनलमा आयोजक द योङ ब्रदर्श क्लबलाइ पाराजित गर्दै फाइनलमा पुगेको थियो। उपबिजेता बनेको बारबारसपले क्वाटरफाइनलमा हामो्र इटहरी भेटान क्लब र सेमिफाइनलमा डिएफसी धरानलाई पराजित गरेको थियो।

IMG_3683 प्रत्येक बर्ष बडा दशैको अवसरमा फूटबल गराउदै आएको इटहरीको द योङ ब्रदर्श क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई एन्फा सुनसरी अध्यक्ष केशव कार्की, आयोजकका अध्यक्ष बिकास केसी, उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवश पोखरेल, महासचिव पिताम्बर पोखरेल, बिष्णुनारायण डांगीले पुरस्कार बितरण गर्नुभयो।

प्रतियोगतामा एक नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरका १२ वटा टिमको सहभागीता रहेको थियो। प्रत्येक बर्ष दशैमा बिभिन्न सास्कृतिक कार्यक्रम र फूटबल गराउदै आएको क्लबले फूटसलमा देखिएको बढ्दो क्रेजलाई मध्यनजर गर्दै यसबर्ष भेटानकप फूटसल गरिएको क्लबका अध्यक्ष केसीले बताउनुभयो।