इटहरी / इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले इटहरी ४ कि खेलाडी रेखा पौडेललाई सम्मान गरेको छ । 

इंटहरी वडा नं. ४ को कचना युवा क्लवमा सहभागी भएर फुटवल खेल्दै आएकी महिला  खेलाडी रेखा पौडेल नेपालबाट १९ वर्ष भन्दा कममा सहभागी भई नेपाल महिला राष्ट्रिय फुटबल टिममा पर्न सफल भई हालै साउदी अरवमा भएको वाफ वुमन च्याम्पियनसिप मा अन्तराष्ट्रिय महिला फुटवल खेलाडी भई नेपालबाट उप–विजेता भएकाले इटहरी ४ नम्बर वडाले नगद ११ हजार सहित सम्मान गरेको छ ।

 वडाबाट सहभागी भएर खेलमा उप–विजेता भएर वडाको नाम राख्न सकेको कारण वडाले सम्मान गरेको वडा अध्यक्ष भक्त लामा तामाङले बताउनुभयो । इटहरी ४ खेल क्षेत्रमा  अगाडि बढ्दे गएको वडा अध्यक्ष तामाङको भनाइ छ ।

 वडाबाट सहभागी भएर जाने अन्तर्राष्ट्रिय खेलाडीलाई वडाले सम्मान गर्दै आएको वडा सचिव अर्जुन सुवेदीले बताउनुभयो । वडाले फुटबल खेलाडी , कराते खेलाडी लगाएत खेलमा सहभागी भएर सफल भएका खेलाडी समेतलाई सम्मान गर्दै आएको उहाँको भनाइ छ । 

यस अघि पनि युएइमा सम्पन्न भएको सुपर कप २०२४ को ८४ प्लस तौल समुहमा स्वर्ण पदक पाएका सागर राउतलाई सम्मान गरिएको थियोे ।  सो सम्मान कार्यक्रममा वडा सदस्य अमृत बहादुर वस्नेत ,लक्ष्मी चापागाईं ,वडाका कर्मचारी , स्थानीय व्यक्ति सुनिल कार्की , वडाका कर्मचारी , समाजसेवी , बुद्धिजीवी स्थानीय लगाएतको सहभागीता रहेको थियोे  ।