इटहरी / सुनसरीको इटहरीमा दुर्गा प्रसाईको नेतृत्व टिमले बैङ्कले बढी व्याज लिएको भन्दै राष्ट राष्टियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान कोशी अञ्चलले सुनसरी इटहरीका बैङ्कमा ज्ञापन पत्र बुझाएका छन् ।  नेपाल  बैङ्क, लघुवितिय तथा सहकारीहरुले बढी व्याज शुल्क लिएको भन्दै   दुर्गा प्रसाईको यो अभियान पछिल्लो समय नेपाल भरि चलाइरहेका छन् । १४ वटा बुदाँ माग गरेका छन् । दुर्गा प्रसाईँ समुहको  माग बैंकले सम्झौता  अनुसार  व्याज लिनु पर्ने रहेको छ । 

प्रधानमन्त्री स्वयंले घोषणा गर्नुभएको एक अंकमा  ५ प्रतिशतमा व्याजदर घटाई संकटमा परेका व्यवसायीहरूलाई राज्यको तर्फबाट ३% को अनुदान दिई व्याजदर ६% कायम गर्नु पर्ने, ऋणीहरुले ऋण तिर्ने र व्याजदर घटाउनु पर्ने माग रहेको छ । 

लिलाम प्रकृया रोकि ३०÷३५ बर्षको ट्रमलोन कायम गरि सहजीकरण गर्न ग्राहकको अवस्था र माग अनुसार २ देखि ४ वर्षसम्म ग्रेस पिरियडको सुविधा दिनु पर्ने भन्ने जस्ता मागहरू प्रसाईँ समुहले उठाएका छन् । 

बैंक लिने व्याज अनुसार व्याज पाउनु पर्ने र बैंकको ज्यादती अन्त्य हुनुपर्ने पिढित नारायण प्रसाद वाग्लेको माग छ । पिडितहरु भन्छन् अहिले व्यावसाय चल्न नसकेको र व्याज बढाइरहेको बैंकले टचर दिएको जबरजस्ती गर्न खोजेको आरोप लगाएका छन् । 

आर्थिक कारेबार गर्ने सस्थाहरुले सम्झौता भए अनुसारको रकम विचको समयमा व्याज बढाई लिएकोे आरोप  लगाउदै विकृती बढेको र राज्यले रोक्न नसकेको आफुहरुले उठाएको १४ सुत्रीय माग पुरा नभए जेठको दोस्रो हप्ताबाट विद्रोह गर्ने दुर्गा प्रसाइँ समुह राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान कोशी अञ्चलका संयोजक विरेश थापाले बताए । 

यस्तो बैंकको ज्यादतीलाई अन्त्य गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका केन्द्रीय सदस्य दानविर न्यौपानेले बताए ।