केराबारी गाउँपालिकाद्वारा स्थानीय फुटबल खेलाडीलाई गाउँपरिक्रमा

  • न्युजडेस्क
  • प्रकाशित मिति: असार २२, २०७६

सुनसरी/ मोरङ्गको केराबारी गाउँपालिकाले स्थानीय फुटबल खेलाडीलाई गाउँपरिक्रमा गराएको छ। मोरङ्गको बेलबारीमा शनिबार सम्पन्न अन्तरपालिका फुटबल प्रतियोगितामा उपाधि दिलाएको भन्दै गाउँपालिकाले खेलाडीलाई सम्मान गरेको हो।

केराबारीका युवा खेलाडीले अन्तरपालिका स्तरीय प्रथम बेलबारी नगर मेयरकप २०७६को उपाधी दिलाएको भन्दै गाउँपालिकाले सम्मान गरेको हो। केरावारी गाउपालिकाले पथरी शनिश्चरे नगरपालिकालाई २–० को अन्तरले पराजित गर्दै उपाधि दिलाएको थियो। IMG_9692

शनिबार बेलबारी ३ स्थित बेलबारी रंगशालामा भएको फाइनल खेलमा पहिलो हाप भन्दा अगाडि केराबारीले गोल गर्ने प्रशस्त मौका पाएपनि गोल गर्न सकेको थिएन। दोश्रो हाप शुरु भएको केही समयपछि केराबारीका ७ नम्बर खेलाडी मनिस लिम्बूले पहिलो गोल गरेका थिए। खेलको अन्त्यतिर केराबारीका १० नम्बरका खेलाडी भुवन बस्नेतले टिमका लागि दोश्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए। IMG_9671

बस्नेतनै फाइनल खेलको म्यान अफ द म्याच घोषित भएका थिए। त्यसैगरी प्रतियोगितामा खेलमा सबैभन्दा बढी ४गोल गर्ने केराबारीकै मनिस लिम्बु पुरस्कृत भएका थिए। त्यसैगरी केराबारीकै गोलकिपर पुर्ण लिम्बु उत्कृष्ट गोलकिपर भए। त्यसैगरी उत्कृष्ट स्ट्राइकर केराबारीकै भुवन बस्नेत बनेका थिए। त्यसैगरी केराबारीका प्रशिक्षक भवानी लिम्बु उत्कृष्ट प्रशिक्षक र प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी पनि केराबारीकै सौजन लिम्बू बनेका थिए। IMG_9706

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved