सुनसरी | सुनसरीको रामधुनीमा नगर स्थरिय कानुनी शिविर कार्यक्रम सञ्चालन गरिएको छ ।

न्यायमा पहुँच बढाइ कानुनी उपचार खोजौँ भन्ने नारालाई आत्मसात गर्दै सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ८  र ९ को स्थानीयलाई समेटेर  एक दिने नगर स्थरिय कानुनी शिविर कार्यक्रम गरिएको छ । प्रगति जागरण मञ्च इनरूवा सुनसरीको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा शिविर गरिएको हो ।

शिविरमा स्थानीय स्थरमा रहेका कानुनी रूपमा न्यायमा पहुँच पुर्याउन र कानुनको विषयमा समस्या परेकालाई स्थानीय क्षेत्रमा कानुनी समस्याको बारेमा समाधानको विषयमा परामर्श गराएइको  थियोे । 

न्यायमा पहुँच नभएका ,सिमान्त कृत समुदाय र गाउँ बस्तीका नागरिकहरूलाई न्यायमा सहज ढङ्गले पहुँच होस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको गैरसरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष तथा प्रगति जागरण मञ्च इनरूवा सुनसरीका अध्यक्ष मेघराज न्यौपानेले बताउनुभयो । कानुनी समस्या भएका , कानुनी उल्जन भएकालाई आम नागरिकहरूलाई सानो सानो कानुनी समस्या छ भने स्थानीय क्षेत्रमा सहयोग गर्दै आएको उहाँको भनाइ छ । 

कानुनी समस्या परेका स्थानीयलाई कानुनको जानकारी गराउन कार्यक्रम स्थानीयलाई सहयोग पुर्याउने रामधुनी नगरपालिका न्यायिक समिति संयोजक रामधुनी नगरपालिका उप प्रमुख तारा  थापाले बताउनुभयो ।  नगरपालिकाले  गाउँ गाउँमा टोल टोलमा विस्तार गर्ने उहाँको भनाइ छ ।  


शिविरमा नेपाल बार सुनसरीका अध्यक्ष अधिवक्ता विरेन्द्र बस्नेत गराउनु भएको थियोे । सो कार्यक्रममा १ सय बढी कानुनी समस्या परेका स्थानीय लगाएतको उपस्थिति रहेको थियोे ।