इटहरी / नेकपा एमालेले इटहरीको ९ नवौं नगर अधिवेशन सुरू भएको छ । 

नेकपा एमाले इटहरी नगरका कार्यवाहक अध्यक्ष रूपेश बस्नेत, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज , कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता तथा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अधिवेशन उद्घाटन गर्नुभएको थियो । 

मिसन ८४ लाई सफल पार्न अधिवेशन आयोजना गरिएको अधिवेशनले नयाँ कार्य समिति गठन गर्ने भएको छ । बेलैमा एमालेका जनप्रतिनिधिहरूले बुद्धि पुरायएनन् भने मिसन २०८४ जित्न नसकिने कोशीका पुर्व सभामुख तथा इटहरी उपमहानगरपालिकाका पुर्व नगर प्रमुख सर्बध्वज सावाले बताउनुभयो । 

एउटै आगन , एउटै क्षेत्र , एकै ठाउँ जाने भएकाले अधिवेशनले मिसन  २०८४ लाई सहयोग गर्ने नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बताउनुभयो । राष्ट्रियताको मुद्दा बोग्ने नेकपा एमाले हो भन्ने उहाँको भनाई थियोे । 

इटहरीमा नेकपा एमाले अवसर वाद र अराजक बन्न नहुने अधिवेशनका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज , कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईले बताउनु भयो । पार्टीको विधि विधान , नीति अनुसार काम गर्नु पर्ने उहाँको भनाइ थियोे । 

नयाँ कमिटी गठन गर्न क्रम अनुसार गर्ने नेकपा एमाले इटहरी नगरका कार्यवाहक रूपेश बस्नेतले बताउनुभयो । आगामी दिन पनि पार्टीलाई सहयोग गर्दै आउने उहाँको भनाइ छ । 

उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य नेयवी हुसेन , सुनसरी जिल्लाका पुर्व इन्चार्ज तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जगदिस कुसियैत , नेकपा एमाले जिल्ला सुनसरीका निवर्तमान अध्यक्ष रेवतीरमण भण्डारी लगाएतले उद्घाटन कार्यक्रममा आफ्नो भनाइ व्यक्त गर्नुभएको थियो । 

नेकपा एमालेमा आवद्ध पदाधिकारीहरू सुध्रिन  आवश्यक रहेको उहाँको भनाइ थियोे । अधिवेशन असार ९ गतेसम्म हुने छ । नयाँ कार्यसमितिको अध्यक्ष  मण्डलमा ११ जनाको घोषणा गरिएको छ । जसमा जगदिश कुसियैत ,भगवती चौधरी,नेयवी हुसेन ,लक्ष्मी गौतम ,मन्जु भण्डारी ,अमृता सुब्बा ,प्रमोद शेर्पा ,रामप्रसाद चौलागाई,यामकुमार सुब्बा ,भुवन राज पोख्रेल ,अन्जु पाण्डे अध्यक्ष मण्डलमा उठ्नुभएको छ ।

एमालेले २० सदस्य बराबर १ सदस्य रहने गरी प्रतिनिधि छनोट गर्दा सबै वडा बाट गरी नगर अधिवेशनमा १७० जना साखा कमिटी बाट १९ र आयोजक कमिटी बाट ७८ जना, जनवर्गीय संगठन बाट ६८ जना प्रतिनिधि आउने उप सचिव जितेन्द्र थापाले जानकारी दिए ।