काठमाडौं / अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको चलचित्र ‘दान्भी’ आजदेखि प्रदर्शनमा आएको छ ।

पूजाको जन्मदिनको अवसरमा चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि चलचित्रलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो चलचित्र ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो ।

रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्रमा पूजाको अपोजिटमा कुन्साङ बम्जन रहेका छन् । कुन्साङले यही चलचित्रबाट डेब्यु गर्दै छन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि चलचित्रमा अभिनय छ । 

रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्रमा पूजाको अपोजिटमा कुन्साङ बम्जन रहेका छन् । कुन्साङले यही चलचित्रबाट डेब्यु गर्दै छन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि चलचित्रमा अभिनय छ । यस चलचित्रमा पूजा एक्सन अवतारमा देखिदै छन् ।

यो फिल्मका लागि उनले झण्डै एक महिना फाइटको प्रशिक्षण लिइन्। ‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो। किनभने मैले यो जनरामा काम नै गरिनँ। सधैं प्रेमकथाको मात्र फिल्म गर्नुभन्दा एउटा फरक काम गरौं न भनेर मैले दान्भी गरेकी हुँ। यो फिल्म गर्दा मैले विशेषत एक्सन सिक्न पाएँ। ममा एक्सनको ज्ञान शुन्य नै थियो। तर दान्भीको कामले धेरै कुरा सिकायो’, पूजा भन्छिन्।

पूजाले एक्सन फिल्मबारे जे सोचेकी थिइन्, त्यो भन्दा धेरै गाह्रो अनुभव उनलाई ‘दान्भी’मा भएको छ। उनको बुझाईमा अहिलेसम्म गाह्रो र मेहनत गरेको फिल्म उनका लागि ‘दान्भी’ नै हो।

‘यो एक्सन फिल्म नै हो। फिल्म हेरेपछि दर्शकले ओहो भन्नुहुन्छ। हामीले अहिलेसम्म हेरिरहेका एक्सन भन्दा फरक एक्सन यो फिल्ममा हेर्न पाइनेछ। एक्सन भन्ने बित्तिकै उडिहाल्ने भन्ने हुन्छ। तर यसमा प्राक्टिकल एक्सन छ,’ उनले भनिन्।

फिल्मी करियरमा पुजा पहिलोपटक एक्सन चरित्रमा देखिँदैछिन्। यो फिल्मका लागि उनले झण्डै एक महिना फाइटको प्रशिक्षण लिइन्।