विराटनगर / सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा संलग्न भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका अक्लेश कुमार यादवलाई स्थानीय २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेका थिए ।

ठुली आमाकी छोरी (बहिनी)को बिहेमा आएका बेला विराटनगर–४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेर फरार थिए । घरबाट राति फरार रहेका यादव घरदेखी केही पर रातभरी मन्दिरमा बसेर विहानीपख सुनुसरी स्थित भुटाहा ससुराली गएका थिए । त्यसैक्रममा मोरङ प्रहरीको विशेष टोलीले प्रदेश प्रहरीको टोली यादवलाई लौकही १ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवत्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

उनीहरु एक साता अगाडी मोबाइलको विषयमा विवाद भएको प्रहरीले स्रोतले जनाएको छ । तर यता स्थानीयको भनाई अनुसार केटीको विषयलाई लिएर घटना भएको बताएका छन् । गएराती विवाद भएपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जाने तयारी गरिरहेका अक्लेशलाई राति १० बजेतिर गणेशले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट बायाँ कोख र पेटमा चोट लागेर अवस्था गम्भीर बनेका अक्लेशलाई उद्धार गरी उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो ।अक्लेशको उपचारकै क्रममा बिहीबार बिहान ३ बजेतिर अक्लेशको मृत्यु भएको थियो ।