सुनसरी / वराहक्षेत्र नगरपालिकामा क्रियासिल रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले बराहक्षेत्र नगरपालिका वडा नं ६ खस्रे टप्पुमा रहेको सप्तकोसी बाल विकास आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

सोमवार बिद्यालयमा नै पुगेर लायन्स क्लब अफ सप्तकोशी डायनामिकका पदाधिकारीहरुले बिद्यार्थीहरुलाई ३ सय थान कपि, पेन्सिल तथा अन्य शैक्षिक सामाग्रीहरू वितरण क्लबका अध्यक्ष दुर्गानन्द दास(बिक्रम) ले बताए ।

क्लबका अध्यक्ष दुर्गानन्द दास बिक्रमको अध्यक्षता तथा क्लवमा संस्थापक अध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका बर्ष सन् २०२४-२०२५ का निर्वाचित अध्यक्ष सुजित कुमार राय सहित क्लबका सचिव अश्वन यादव, कोषाध्यक्ष मौसम न्यौपाने, क्लब सर्भिस चेयर पर्सन किसन बस्नेत, सदस्य अर्जुन श्रेष्ठ तथा विद्यालयका शिक्षक, कर्मचारी र अभिभावकहरूको उपस्थिति रहेका थिए ।

हाम्रो र यस क्लबको उदेश्य मात्र सामाजिक सेवा र समाजमा भएका विभिन्न असहजतामा आर्थिक, भौतिक र क्षमताले भ्याएसम्मको सेवा गर्नु भएकाले सोही अनुरुप आर्थिक रुपमा कमजोड परिवारका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान गरेको अध्यक्ष दुर्गानन्द दास (बिक्रम) ले बताए ।

कोसीटप्पु क्षेत्रका विपन्न तथा सिमान्तकृत वर्गका ४६ जना बालबालिकाहरूले अध्ययन गर्ने गरेका छन् । सोही कुराको जानकारी पाएर उनीहरूको पठनपाठनमा केही सहजता प्रदान गर्न शैक्षिक सामाग्री वितरण गरिएको उनि बताउछन् ।

हाम्रो सानो सहयोग, योगदान र भूमिकाले समाजमा फरक सन्देश दिन्छ भनें हामीले किन समाजमा सक्रियता नदेखाउने भन्ने हाम्रो विचार हो । यो सानो कार्य भए पनि सबैले सिक्नु र लागू पर्नु आबश्यक रहेको क्लबका संस्थापक अध्यक्ष चौलागाईं बताए ।