ताप्लेजुङ : ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङक प्रहरी प्रमुख डीएसपी रवि रावलले जानकारी दिए।

डीएसपी रावलका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । फक्तालुङ गाउपालिकाक उपाध्यक्ष रबिन लिम्बुको बुवा आमासहित ४ जनाको परिवार बस्दै आएको घर पहिरोले बगाएको भन्ने खबर जानकारी आउने बित्तकै तत्काल प्रहरी चौकी शिवा ताप्लेजुङबाट प्रसनि ईन्द्र मगरको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।

थप उद्दारको लागी फुङलिङ नगरपालिका १० मित्लुङ हाईड्रोपावरमा शुरक्षाको लागी खटिएको नेपालि सेनाको शुरक्षा बेस पनि टोली  र जिप्रका ताप्लेजुङबाट प्रहरी निरिक्षक कमल कुमार लुङगेली टोली खटिएको उनले बताए। 

ढुङगा माटोले बनेको टिनको छानो भएको २ तलेघर माथीबाट झरेको पहिरोले घर पुरि घरमा सुतेको मानिसहरु पुरिएर मृत्यु भएको उनले बताए। अहिले उनीहरु चारै जनाको शव निकालिएको छ भने केहि पशु चौपायाहरुलाई सुरक्षित ठाउमा रहेको प्रहरीले। जनाएको छ। 

घर भित्र रहेको सम्पूर्ण धनमाल पुर्णरुपमा क्षती भएको पहिरोबाट निकाल्ले कार्य भईरहेको र पहिरोले तत्काल अन्य जोखिम नरहेको उनले बताए । यसैगरी,त्यो भन्दा अलिक माथि गएरति नै गएको पहिरोमा दुई जना घाइते भएका छन्। घाइते हुनेहरुमा ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी रहेको फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँले जानकारी दिए।