इटहरी / इटहरी वडा नम्बर -१ मा रहेको राष्ट्रिय राष्ट्रिय माध्यमिक विद्यालयमा बृहत् स्वास्थ्य परीक्षण गरिएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एव अक्षयकोषदाता लोकेन्द्रप्रसाद अधिकारीको पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर विद्यालयमा अध्यनरत बाल विकास देखि १२ कक्षा सम्मका विद्यार्थीहरूको स्वास्थ्य परिक्षण गरिएको हो । जसअन्तर्गत ८२ जनाको स्वास्थ्य परीक्षण तथा १ सय ३१ जनाको दन्त परीक्षण गरिएको हो । 

स्वर्गीय अधिकारीको परिवारका तर्फबाट विद्यालयमा अध्ययनरत बालबालिकाहरूका लागि बाल रोग तथा दन्त सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको विद्यालयका शिक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । 

स्वर्गीय अधिकारीका धर्मपत्नी दुर्गादेवी अधिकारी, छोरा नवराज अधिकारीलगायत अधिकारी परिवारको अगुवाइमा स्वास्थ्य परीक्षण भएको हो । शिविरलाई आँपगाछी औषधी पसलको सहयोग , सयपत्री डेण्टल हस्पिटल प्रा. लि.ले दातको चेकजाँच र  सिद्धार्थ फार्मेसी सिटिकल रूपन्देहीले सामान्य बिरामी भएकालाई औषधी वितरण गरेको थियो ।

विद्यालयमा विभिन्न  स्वास्थ्य शिविर गर्दै आएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले जानकारी दिनुभयो । शिविरले विद्यार्थीलाई स्वास्थ्य सम्बन्धि जानकारी पाएको उहाँको भनाइ छ ।

वडा,नगर,प्रदेश र संघीय सरकारको सहयोग भएमा आगामी शैक्षिक शत्रमा लगभग ३ हजार बिद्यार्थी बनाउने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका कोविदजंग कार्कीले जानकारी दिनुभयो । विद्यालयमा भौतिक पुर्बाधार र शिक्षक दरबन्दीको कमि भएको उहाँको भनाइ छ ।

यता, विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि परेको वडा अध्यक्ष रतन कार्की (कैलाश)ले जानकारी दिनुभयो । वडाले यस आर्थिक वर्ष राष्ट्रिय विद्यालयलाई सुधार गर्ने प्राथमिकता दिएको छ । बाल कक्षा देखि १२ कक्षा सम्म हाल  १ हजार ९ सय जना विद्यार्थी अध्यनरत छन् 

विद्यालयमा बोर्डिङमा जस्तै नर्सरी, केजी कक्षाको व्यवस्था गरिएको छ । कक्षा ५ सम्म अङग्रेजी माध्यममा पढाइ हुने गरेको छ । त्यस्तै कक्षा ११ र १२ मा पनि अङग्रेजी माध्यममा पढाइ हुने गरेको छ । शिक्षा कार्यालयको मूल्याङ्कनमा यो विद्यालय हरेक वर्ष जिल्लाको उत्कृष्ट भित्र पर्दै आएको छ । विद्यालयको शैक्षिक अवस्था मजबुत बनाउन परीक्षा, अनुशासन, शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति विभाग छ ।