संखुवासभा / जन्मदिनको अवसर पारेर पत्रकार दुर्गेश पौडेलले विधार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

जिल्लाको धर्मदेबी नगरपालिका वडा न. ६ स्थित विश्व ज्योती आधारभुत बिधालयका विधार्थिहरुलाई पत्रकार पौडेलले एक सम्पुर्ण विद्यार्थीहरुलाई एक बर्ष पुग्नेगरी शैक्षिक सामग्री दिएका छ्न । 

सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बढाउनको लागि साथै विधार्थिलाई हौसला प्रदान गर्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको पत्रकार पौडेलले बताए ।

 जन्मदिनमा वडा न. ६ का कुनै एक सामुदायिक बिधालयका सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम राखेकोमा,  यो बर्ष वडाको माथिल्लो क्षेत्रमा रहेको बिधालयका सम्पुर्ण २१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री दिएका छ्न । 

। 

यस्तो किसिमको  रचनात्मक कामले सामुदायिक बिधालयमा विद्यार्थीको आकर्षण बढ्ने बताए बिधालय व्यवस्थापन समिती अध्यक्ष दावा लामाले बताए । 

पत्रकार पौडेल पत्रकार महासंघ संखुवासभा जिल्ला कार्यसमिति सदस्य ,प्रेस युनियन संखुवासभा उपाध्यक्ष साथै धर्मदेबि नगरपालिकामा रहेको सामुदायिक रेडियो नयाँ अभियान एफ।एम का स्टेशन मेनेजर रहि कार्यरत रहेका छन्  ।

 आगामी बर्षमा सोही वडाको अन्य एक सामुदायिक बिधालयका विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता गर्दै सञ्चार जगत सगै समाजिक क्षेत्रमा समेत अघि बढने प्रतिबद्धता समेय व्यक्त गरेका छन् ।