इटहरी / जेड १० गते देखि देशैभरका हलमा चलेको 'पुजार सार्की ' फिल्म दर्शकले मन पराएका छन् ।

दिनउ जसो दर्शक पुजार सार्की फिल्म हेर्न हल हल देखिन्छ । देशैभर मात्र नभएर कोशी प्रदेश हल हलमा यति यो फिल्म चलेको छ । समय समय पुग्ने दर्शकले सिट बरेकै देखिन्छ ।  

चलचित्रको नाम सुन्ने वित्तिकै मेरो मनमा चिसो पसेको थियो । अहिले नेपाली कला साहित्यले एउटा यस्तो शिलशिला कायम राखेको छ, जसले जातीय मुद्दाहरू उठाएजस्तो गर्छ । तर उल्टै उत्पीडित समुदायलाई नै हेय र ग्लानीको आगोमा पोलेर चर्चा बटुल्छ । 

इतिहासमा विस्मृत भैसकेका विषयहरू उत्खनन गरेर, बङ्ग्याएर त्यही समुदायमाथि उही पुरानै मानक थोपर्न उद्यत वर्तमान नेपाली कला साहित्यकै कारण दलित समुदाय वास्तवमै यतिबेला त्रसित मानसिकतामा छ । चलचित्रको नामलाई लिएर सामान्य विरोधका स्वरहरू सुनिए पनि । तर निर्माण समूहलाई नियाल्दै जाँदा मभित्र भने तीव्र उत्साह थियो । 

यो चलचित्र विशुद्ध दलित समुदाय, जातीय विभेद, जातपात, छोइछिटो, अन्तर्जातीय विवाह र विद्रोहमा आधारित छ । र सम्भवतः ठूलो पर्दामा यो मुद्दालाई प्रमुख बनाएर निर्माण गरिएको हो ।

चलचित्रको अन्त्यमा काठमाडौंको दृश्य छ, जहाँ सेतै फुलेको उही राजनीतिक आस्था लिएर क्रान्तिमा होमिएको मेघराजले आन्दोलन गरिरहेको छ, र उसलाई प्रहरीले पक्राउ गरेर लैजाँदैछ, उसले भ्यानभित्रैबाट नारा लगाउछ, जात व्यवस्था मुर्दावाद । यसरी फरक जातीय पृष्ठभूमिका युवायुवती जब प्रेम-बन्धनमा जोडिन्छन्, जात व्यवस्था नै भिलेन बनेर देखा पर्छ ।

कथाको सेरोफेरो २०४५/४६ सालको राजनैतिक परिवर्तनमा बुनिएको छ । अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म 'पुजार सार्की' को ट्रेलर सार्वजनिक गरिएको छ। 

दिनेश राउतको निर्देशनमा तयार 'पुजार सार्की' मा आर्यन, प्रदीप र पलसहित अञ्जना बराइली, परिक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्यलगायत कलाकारहरूको अभिनय छ। 

विकास सुवेदीको लेखन रहेको फिल्मको निर्माता संगीतकार समेत रहेका सुवास भुसाल हुन्। राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा भरत रेग्मीको सम्पादन छ।