इटहरी/ इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरीले बालबालिकालाई अझ शशक्त बनाउन उपमहानगर दृढ रहेको बताउनुभएको छ। इटहरीमा सम्पन्न भएको एकहप्ते बालअधिकार तथा बाल शशक्तिकरण सम्बन्धि TOT तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर चौधरीले त्यसो भन्नुभएको हो।

TOT 2इटहरी ४मा रहेको दुर्गा पार्टी प्यालेसमा शनिबार दिउसो भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर चौधरीले सबै वडामा बाल सञ्जाल गठन गर्ने भन्दै यसले बालबालिकालाई अझै शशक्त बनाउने बताउनुभयो।

TOT 5प्रशिक्षार्थीहरुलाई शनिबार नै उपमेयर संगिता चौधरी, सामाजिक शाखा अधिकृत नेत्र न्यौपानेले प्रमाण पत्र वितरण गर्नुभयो।

TOT 4नेप्ली मिडिया प्रा.लि.को आयोजना तथा इटहरी उपमहानगरको सहयोगमा भएको तालिममा सहभागीहरुलाई लिलाराज भट्टराई, मेघराज न्यौपाने, जयकृष्ण यादव, हिमाल दाहालले सहजिकरण गरेका थिए।

TOT 3