काठमाडौं / भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् ।

हिजो (शुक्रबार) गुरुङले अस्पताल निर्माणस्थलमै पुगेर उक्त सहयोग रकम घोषणा गरेका हुन् । डा. कोइरालाले सातै वटा प्रदेशमा बाल अस्पताल बनाउने अभियान चलाइरहेका छन् ।

उक्त अभियानअन्तर्गत कोशी प्रदेशको झापामा अस्पताल निर्माण भइसकेको छ । बागमती प्रदेशअन्तर्गत काठमाडौंको हेपाली हाइटमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ ।