इटहरी/ सन् २०१६ देखि आयोजना हुँदै आएको 'फेस अफ नेपाल'को नयाँ संस्करण घोषणा गरिएको छ ।

काठमाडौको होटल शंखरमा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था एमएस प्रोडक्सन नेपालले २०२४ का लागी नयाँ संस्करणको घोषणा गरेको हो । यो संस्करणबाट आयोजक संस्था परिवर्तन भएको छ । फेस अफ नेपालको अबका संस्करणहरुलाई एमएस प्रोडक्सन नेपालले आयोजना गर्नेछ । मोडल हन्टको रुपमा डिजाईन गरिएको यो सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुबैले सहभागीता जनाउन पाउनेछन् । 

यसका लागी बैशाख १७ गते आइतबारदेखी नै आवेदन समेत खुल्ला गरिएको छ । आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रवन्ध निर्देशक मेनुका माझीका अनुसार यो प्रतियोगितामा १८ देखि ३० वर्ष उमेर समुहका पुरुष तथा महिला सहभागि हुन सक्नेछन् भने ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भाग लिन सक्ने छन् । आवेदन फारम खल्ती एप तथा अनलाइनबाट आवेदन दिनको लागी प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवस्यक पर्ने विवरण भर्नुपर्ने छ । 

नेपालको सात प्रदेशमा चाडैं अडिसन गरिने आयोजकले जनाएको छ भने काठमाडौमा ग्राण्ड फिनाले गरिनेछ । फिनाले पश्चात् यसका बिजेताहरुले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट 'एसिया मोडल फेस्टिभल' मा सहभागी हुन पाउनेछन् । त्यहाँ एसियाभरका २७ भन्दा बढी देशले सहभागी जनाउने छन् । फेस अफ नेपाल २०२४ को कोरियोग्राफी स्मिथ तामाङले गर्ने छन् । सहभागी प्रतिष्पर्धीलाई २ हप्ताको प्रशिक्षण गराईनेछ । त्यसपस्चात निर्णायक र भोटिङको आधारमा आगामी जुलाईमा ३ जना बिजेता छनौट गरिनेछ ।