बिराटनगर / भारतको बागेश्वर धाम शक्तिपिठका पिठाधिस धिरेन्द्र कृष्णशास्त्रीले आइतबार विराटनगरमा पशुपतिनाथ मन्दिरको उद्घाटन गरेका छन् । विराटनगरका कविन श्रेष्ठ, विनय चौधरी, सीतादेवी अग्रवाल, प्रशान्त तातेड र गंगा खतिवडाले १ सय ५० करोडको लागतमा पाँच तारे लेमनट्री प्रिमियर होटल निर्माण गरेका छन् ।

पाँच तारे होटल सञ्चालनमा आउन केही समय बाँकी छ । तर होटलको प्राङ्गणमा निर्माण गरिएको पशुपतिनाथ मन्दिरको आइतबार बाबा धिरेन्द्र कृष्णशास्त्रीले  उद्घाटन गरेका छन् । सुनसरीको बराहक्षेत्र चतरामा सञ्चालन भइरहेको कुम्भ मेलामा सहभागिता जनाएर आइतबार भारत फर्किने क्रममा बाबा धिरेन्द्र कृष्णशास्त्रीले पाँच तारे होटलका सञ्चालकले निर्माण गरेको मन्दिरको उद्घाटन गरेका छन् ।

बाबा धिरेन्द्र कृष्णशास्त्री आइतबार विराटनगरबाट भारत बिहारको दरभङ्गा हुँदै मध्यप्रदेशको बागेश्वरधाम प्रस्थान गरेका छन् । बाबा धिरेन्द्र कृष्णशास्त्री बैशाख ५ गते सुनसरीको चतरा आइपुगेका थिए । र ५ दिनपछि आइतबार पुनः भारत फर्केका छन् ।