इटहरी/ सुनसरीको इटहरीमा शनिबारदेखि शिवपुराण शुरु हुने भएको छ। भोलि बैशाख १ गतेदेखि बृद्दगङ्गास्थित शिबालयमा एकादस दिवसीय शिवपुराण शुरु हुने भएको हो।
बृद्दगंगामा हालसम्म बिसर्जन हुनुभएका पितृहरुको उद्दार यस्तै जगत कल्याण र सनातन धर्मको रक्षा गर्ने उद्देश्यले शिव महापुराण आयोजना गरेको पुराण आयोजक समितिले जनाएको छ।
![](/uploads/advertise/janata school_1720267096.jpg)
हालसम्म बृद्दगंगामा बिसर्जन भएर पञ्चतत्वमा बिलिन हुनुभएका पितृहरुको उद्दार गर्ने प्रमुख लक्ष्य रहेको आयोजकले जनाएको छ।
आचार्य चुडामणी पोख्रेल प्रमुख कथाबाचक एवं आचार्य सम्राट गौतम कथाबाचक रहेको शिवपुराण बृद्दगंगा तटमा रहेको सर्वेश्वर शिवालय परिसरमा ११दिन सम्म चल्नेछ।