मनोज अधिकारी/ इटहरी- आगलागीबाट क्षति भएको इटहरी ३ सुनौलो टोलका हरेराम ऋषिदेवको घर राष्ट्रिय यूवा संघले निर्माण थालेको छ। राष्ट्रिय युवा संघ नेपाल इटहरी ३ वडा कमिटिले ऋषिदेवको घर निर्माण थालेको हो।
आगलागीबाट नष्ट भएको ऋषिदेवको घर इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीको प्रत्यक्ष संलग्नतामा निर्माण शुरु गरिएको राष्ट्रिय युवा संघ इटहरी नेपाल इटहरीले जनाएको छ।
ऋषिदेवको घर निर्माणका लागि इटहरीका युवाहरु स्वतस्फुर्त भेला भएर श्रमदानमार्फत घर निर्माण अभियान शुरु गरेको राष्ट्रिय युवा संघ नेपाल इटहरीले जनाएको छ।