सुनसरी / किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ ,१९ र २० को १९ औ वार्षिक साधारणसभा एवं सामुहिक तीन चुला सुप्तुलुङ उद्घाटन समारोह सम्पन्न भएको छ ।
तरहरा स्थित भुपु सैनिक भवनको सभाहलमा आयोजित कार्यक्रममा किरात राई समुदायको जन्मदेखि मृत्युसम्म गरिने सम्पुर्ण कार्यको लागी सामुहिक चुला सुप्तुलुङको तीन चुलालाइ मुन्दुमी विधि अनुसार दुई नछुङमाद्वारा उद्घाटन गरिएको छ ।
![](/uploads/advertise/janata school_1720267096.jpg)
किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ १९ २० का अध्यक्ष इन्दिरा यालुङ्मा राइको अध्यक्षता तथा तेज वान्तावा राइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सो वडामा बसोबास गर्ने चार जना किराती नछुङ, धामीहरुलाइ कार्यक्रमका प्रमुख अतिथिले फेटा गुथेर दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरी सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष लगाएत मुन्दुमी नछुङमाहरुले तीन चुला सुप्तुलुङमा आगो बालेर सुम्निमा पारुहाङलाई पुजेर कार्यक्रमको विधिवत रूपमा उद्घाटन गरेका थिए । कार्यक्रममा वडामा रहेका ८० वर्ष माथिका ३१ जना जेष्ठ नागरिकहरुलाइ समेत सम्मान गरिएको थियोे ।
![](/uploads/advertise/jeniksh_1697522121.gif)
कार्यक्रममा किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ १९ २० को वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको छ । कार्यक्रममा किरात राई यायोक्खा इटहरी नगर कार्यसमितिका सचिव राष्ट्र राई , सरस्वती ठाकुर , अन्जु कार्की लगायतका अतिथि एवं यायोक्खा संवद्द व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।