मोरङ / नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बेलबारी नगर कमिटिले बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईलाई १९ बुँदे मागपत्र बुझाएको छ । 

पार्टीका नगर अध्यक्ष भुपाल बस्नेत सहितको टोलीले बुधबार नगरप्रमुख राईलाई मागपत्र बुझाएको हो । मागपत्रमा भुमिहिन,दलित,सुकुम्बासी र अब्यबस्थित बसोबासीलाई तत्काल धनीपुर्जा बितरण गर्नुपर्ने माग राखिएको छ ।

यसैगरी बेलबारी नगरपालिकाले बिभिन्न शिर्षकमा लगाएको सबै कर अब्यबहारिक रहेको हुनाले सबै  प्रकारका करमा ५० प्रतिशत छुट गर्नुपर्ने,स्वास्थ्य बिमा कार्यक्रम आधारभुत तहका नगरबासीहरुमा नपुगकोले तत्काल पुर्याउनुपर्ने,मुसहर लगायतका समुदायमा त्यसको पहुँच पुर्याउनुपर्ने बाताबरण मिलाउनुपर्ने,नगर अस्पतालमा बिमा मार्फत प्राप्त हुने सबै किसिमका औषधीहरु उपलब्ध नभएकोले तत्काल ब्यबस्थापन गर्नुपर्ने माग गरिएको छ ।

साथै बेलबारी नगरभित्रका कुनै एक सामुदायिक बिद्यालयमा कृषि बिषय पढाई हुने ब्यबस्था गर्न ,कृषकहरुलाई समयमा सहुलियत दरमा मल बिउको ब्यबस्थापन गर्न,कृषिमा सहुलित ऋणको ब्यबस्था,कृषि बिमाको ब्यबस्था,बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिनानुदिन बढेकोले त्यसलाई रोक्न र स्वदेशमै ब्यबसायिक तालिम ब्यबस्था र स्वरोजगारीको अबसर प्रदान गर्न,सबै सामुदायिक बिद्यालयमा शैक्षिक सत्र शुरु हुनु अगावै पाठयपुस्तकको ब्यबस्था गर्न माग गरेको  छ । 

नगरभित्रका लोहन्द्रा,बेतना,चिसाङ खोलामा दाहसंस्कारस्थल (घाट) निर्माण,बेलबारीका बिभिन्न संघसंस्थाहरुको नियमअनुसार साधारणसभा गर्न माग गरिएको छ भने औद्योगिक ग्रामको स्थापना,प्राबिधिक शिक्षा अध्यायनका लागि निम्न आय भएका बिद्यार्थीहरुलाई छात्रबृतिको ब्यबस्था गर्न समेत माग गरिएको  छ ।