इटहरी/ इटहरी उपमहानगरपालिकाले खोला, पैनि मिचेर बनाएको भौतिक संरचना भत्काउन शुरु  गरेको छ। बर्षेनी इटहरीमा बाढिले दुख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उप–महानगरले डोजर चलाएको हो ।

मंगलबार(आज)देखि इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन शुरु गरेको मेयर हेमकर्ण पौडेलले बताउनुभयो। खोलाको क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर पुग्नुभएको थियो। बारम्वार सुचना जारी गर्दा पनि संरचना नभत्काएपछि उप–महानगर आफैले भत्काउन सुरु गरेको मेयर पौडेलले बताउनुभयो।

कुनैपनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलले प्रतिबद्दता जनाउनुभयो। टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनिको दुवै किनारबाट ६/६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले ति खोला पैनिको दुवैतर्फ ६/६ मिटर नछोडिकन बनेका भवन संरचना हटाउन शुरु गरेको बताउनुभयो।khandai dijar

बर्षादमा सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठूलो पानी पर्दा त इटहरीमा भयावह स्थिती सिर्जना हुने खतरा रहन्छ। जसले गर्दा हरेक बर्षादको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन् अब आउँदो बर्षादमा इटहरीमा खोलाको तटीय वस्तीमा बस्नेलाई जोगाउन इटहरी उप–महानगरपालिकाले अवैध संरचना हटाउन शुरु गरेको मेयर पौडेल बताउनुहुन्छ।

इटहरी उप–महानगरपालिका भित्र २० वटा वडा रहेका छन्। तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३, ४, ९, १०, ११ र  १२ नम्बर वडा छन्। २०७४ मा आएको बाढिका कारण ९जनाको ज्यान गएको थियो। अघिल्लो वर्षको बाढिले ४ जनाको ज्यान गएको थियो। अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो।

इटहरीमा २०७४ र २०७८ कात्तिक बाहेक २०४३ सालमा आएको बाढिले टेङ्ग्रा खोलाको सतह पुरि दिएको थियो। त्यसबाट साविक इटहरी १, ४ र ८ नम्बर वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढिले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाङे माटोले पुरेको थियो। विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन तर, त्यसदिन इटहरीका मानववस्तीमा बाढि प्रवेश गरेको थियो।

२०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो। यहाँको सम्पूर्ण जमिन खेतिमा प्रयोग हुन्थे। जताततै खोला पैनी वा पानी बग्ने निकासका ठाउँहरु खुला थिए। जसले गर्दा सहजै पानी निकास हुने गर्दथ्यो।

जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दीर्घकालीन योजना बनाएर सदाका लागि तटबन्ध नलगाउनु जस्ता कारणले पनि इटहरीका बासिन्दा पीडित हुँदै आएका छन्।