केराबारी/ बिश्व क्षयरोग दिवसका अवसरमा केराबारी पालिका अस्पतालले क्षयरोग लागेर निको भएकाहरुलाई सम्मान गरेको छ। क्षयरोग नियन्त्रणका लागि नियमित औषधी सेवन गरेर निको भएको भन्दै अस्पतालले सम्मान गरेको हो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग, उपाध्यक्ष मनमाया मगर, प्रवक्ता नारायण भुजेल र वडा नम्बर ३का अध्यक्ष रामचन्द्र शाहीलगायतले क्षयरोग मुक्त भएका गाउँपालिका भित्र बसोबास गर्ने ११जनालाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो।
![](/uploads/advertise/janata school_1720267096.jpg)
यस्तै केराबारी गाउँपालिका भित्र बसोबास भएर क्षयरोगको नियमित औँषधी सेवन गरिरहेका ६जनालाई पोषणयुक्त खानेकुरा प्रदान गरिएको छ। उहाँहरुलाई पालिका अध्यक्ष उपाध्यक्षले पोषणयुक्त खानेकुरा प्रदान गर्नुभएको हो।
६जना नियमित औँषधी खानेहरुलाई प्रतिमहिना ३हजार रुपैँया बराबरको सेनिटेसन सामाग्री, मुसुरी दाल, बदाम, अण्डा, तेल, सर्बोत्तम पिठो, जिरा मसिनो चामल प्रदान गरिएको केराबारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाँईले बताउनुभयो।
![](/uploads/advertise/jeniksh_1697522121.gif)
जटिलताका आधारमा फोक्सोमा क्षयरोग लागेकाहरु(जो सर्न सक्छ)लाई मात्र पोषणयुक्त खानेकुरा प्रदान गरिएको शाखा प्रमुख चौलागाँईले बताउनुभयो। ६जना मध्य कसैलाई ५ महिनाको, कसैलाई ३ महिनाको र कसैलाई २महिनाका लागि पोषणयुक्त खानेकुरा प्रदान गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुमन मिरिङ्गचिङ्गले यसो भन्नुभयो :