विश्व पानी दिवस (मार्च-२२) को अवसर पारी बराहक्षेत्र नगरपालिका वडा नम्बर-६,सुनसरीमा रहेको महेन्द्रनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले संस्थाको कार्यालय रहेको टोल अर्थात बराहक्षेत्र -६ मा रहेको काली मन्दिर देखि सप्तकोसी बहुमुखी क्याम्पस सम्मको र भानु आधारभूत विद्यालय देखि नेता चौक सम्मका उपभोक्ताहरु लाई भेला गराई एक सचेतना मुलक कार्यक्रमको आयोजना गरि उक्त टोललाई नमूना खानेपानी टोल बनाउने घोषणा गरेको छ । सोही योजना अन्तर्गत उक्त टोलका बाटोलाई सरसफाइ गरि बाटोको छेउमा धुपी तथा फूलहरु लगाउने, डस्टबिन राख्ने, बाटोमा गाई बस्तु बाँध्न नदिने भएको छ । उक्त घोषणामा टोलबासीले खानेपानी कार्यालयको खुलेर प्रसंशा गरेका छन् ।

79a6efab-2ce8-476d-bd0e-01be87bc7844

संस्थाका अध्यक्ष भवानी धिमालका अनुसार संस्थाले हाल ३ हजार भन्दा बढी घरधुरीलाई खानेपानी वितरण गरिरहेको छ । आज भएको सचेतना मुलक कार्यक्रममा समाजसेवी अनु गुरुङ, बाबुराम बिष्ट लगायत टोलबासीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम संस्थाका सचिब गजेन्द्र बहादुर थापाले संचालन गरेका थिए ।

02efb1ae-bc18-4f55-b4a9-536bb6534943

"खानेपानी तथा सरसफाई संकट समाधानका लागी द्रुततर परिवर्तन" भन्ने नाराका साथ नेपालसहित विश्वभर आज ३२ औँ विश्व पानी दिवस मनाइएको छ ।

529397f4-2c55-40d4-953a-1d8cbaa254e0