इटहरी/ मोरङ्गका महेन्द्र खड्काको अध्यक्षतामा स्थानीय तह कर्मचारी संघ कोसी प्रदेश कमिटि निर्बिरोध चयन गरिएको छ। शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको प्रथम अधिबेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

प्रदेश अध्यक्षमा निर्बिरोध निर्वाचित महेन्द्र खड्का मोरङ्गको बेलबारी नगरपालिकामा प्रशासन प्रमुख छन्। प्रदेश कमिटिको उपाध्यक्षमा उदयपुरका बिश्वजित राई र महिला उपाध्यक्षमा मोरङ्गकी अनिता कोईरालाका  सर्वसम्मत चयन भएका छन्। यस्तै कमिटिको सचिवमा मोरङ्गका किशोरकुमार कार्की अनि सहसचिवमा सुनसरीका रामचन्द्र यादव र धनकुटाका ज्ञानबहादुर राई अनि कोषाध्यक्षमा भोजपुरका रबि सुवेदी चयन भएका छन्।

कोसी प्रदेश कमिटि सदस्यहरुमा खोटाङ्गका खेटराज प्रसाद अधिकारी, झापाका मदन भण्डारी, इलामकी बिन्दु राई, धनकुटाका अनिल तिम्सिना, उदयपुरका तारानाथ आचार्य, मोरङ्गका भानुभक्त राई र लिलादेवी ओझा, पाँचथरका बिमला भण्डारी, गोपिबहादुर नेपाली अनि ज्ञानबहादुर अधिकारी र तेह्रथुमका रोशनकुमार खुलाल कार्की चयन भएका छन्। 

karmachari

नेकपा एमाले स्थायी समिति सदस्य एवं जनवर्गीय संगठन संयोजक तथा पूर्व मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यता एवं स्थानीय तह कर्मचारी संघ नेपाल कोशी प्रदेश तदर्थ समितिका संयोजक डिल्लिराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कोशी प्रदेश कमिटि सदस्य तथा कोसी प्रदेश सभा विधायन समितिका सदस्य रमेश कुमार बस्नेतले कर्मचारीहरूको सेवा सुविधा र नियमावलीहरु नियम चल्नुपर्ने माग गर्नुभयो।

bhanu comred

कार्यक्रममा स्थानीय तह कर्मचारी संघ नेपाल केन्द्रिय अनुशासन आयोगका संयोजक जय तिम्सिनाले कर्मचारीले पाउने सामाजिक सुरक्षा भत्ता र कर्मचारीले पाउने सेवा सुविधाहरु पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय तह कर्मचारी संघ नेपाल केन्द्रिय उपाध्यक्ष तथा कोसी प्रदेश इञ्चार्ज चन्द्र बहादुर बस्नेतले स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको हकहितको लागि संघ स्थापना गरिएको भन्दै स्थापना भएपछिको केहि बर्ष निस्कृय बनेजस्तो भएपनि अव शशक्त ढंगले अघि बढ्ने बताउनुभयो।

chandra basnet उपाध्यक्ष बस्नेतले संघ स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको आफ्नो सँस्था भएकोले गर्दा आँफुलाई काम गर्नमा कुनै समस्या भए संघमा राख्दा हुने बताउनुभयो।

यस्तै स्थानीय तह कर्मचारी संघ नेपालका पूर्व उपाध्यक्ष काजी बहादुर बस्नेत, स्थानीय तह कर्मचारी संघ नेपालको झापा जिल्ला पूर्व अध्यक्ष टेक बहादुर खड्का काजी र स्थानीय तह कर्मचारी संघ नेपालको झापा जिल्ला पूर्व सदस्य जगन्नाथ खनाललाई सम्मान गरिएको थियो।

कार्यक्रममा नेकपा एमाले प्रदेश सचिव राज कुमार भण्डारी, पेशागत महासंघ नेपाल केन्द्रिय अध्यक्ष  पुण्य प्रसाद ढकाल, स्थानीय तह कर्मचारी संघ नेपाल केन्द्रिय सदस्य डिल्ली नेपाल, पेशागत महासंघ नेपाल कोशी प्रदेश अध्यक्ष अशेष लम्साल, नेपाल निजामती कर्मचारी संगठन कासी प्रदेश अध्यक्ष काशीराज पराजुली, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश समितिका कोषाध्यक्ष प्रभु नारायण साहलगायत स्थानीय तह कर्मचारीहरुको सहभागिता थियो।