विराटनगर /नेकपा एमाले कोसी प्रदेश संसदीय दलले तत्काल सरकार छाड्न मुख्यमन्त्री केदार कार्कीलाई आग्रह गरेको छ। 

प्रमुख सचेतक रेवती रमण भण्डारीले यो सरकार अल्पमतमा परेकोले मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने बताएका हुन् । यो सरकार राजनीतिक रूपमा अल्पमतमा परेकोले नैतिकताको आधारमा राजीनामा दिन उनले आग्रह गरेका हुन् । अल्पमतमा रहेको व्यक्तिले मुख्यमन्त्री जस्तो  पदमा बसी रहन नमिल्ने उनले बताए । 

 प्रमुख सचेतक भण्डारीले  भोली प्रदेश सभामा यो विषय प्रवेश गर्ने बित्तिकै सभामुखले अल्पमतमा परेको वैधानिक सूचना दिएपछि  त्यो बेला मुख्यमन्त्री अप्ठ्यारोमा पर्ने अवस्था आउने उनले बताए । संविधानको धारा १८८ को उपधारा १ को अवस्था आएमा  अल्पमतमा परेको अवस्थामा विश्वासको मत लिनु पर्छ, त्यस्तो अवस्थामा विश्वासको मत लिन पाउँदिन  भन्न नपाउने उनको भनाई छ।

मुख्यमन्त्री कार्कीले जबरजस्ती गर्न खोजेको अवस्थामा  संविधानको धारामा टेकेर हटाउने उनको दाबी छ ।  कुन प्रदेश कसले नेतृत्व गर्ने भन्ने बारेमा केन्द्रीय नेतृत्वको बिचमा टुङ्गो लागि नसकेको कारणले गर्दा चुप लागेर बसेको समेत उनले बताएका  छन् ।