सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा ४ बाँसबारीस्थित टेन्डरफिट बोर्डिङ्ग स्कुलले २९औं बार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ। स्कुलले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित बार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको हो।

nanibabuकोसी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीको प्रमुख आतिथ्यता एवं स्कुलकी बोर्ड मेम्बर एवं शेयर होल्डर गंगादेबी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलमा अध्ययनरत बिद्यार्थीले आफ्नो कला प्रस्तुत गरेका थिए।

school ketaketiकक्षा १२ सम्म अध्यापन गराउने टेन्डरफिट स्कुल सुन्दरहरैँचा नगरपालिकाको पश्चिम क्षेत्रकै पुरानो निजी स्कुल रहेको र स्कुलमा आफ्नै फरक शैली र फरक शिक्षण सिकाई व्यबस्थापनका कारण पछिल्लो समय अभिभावक माझ लोकप्रिय छ।

कार्यक्रममा नर्सरीदेखि माथि बिभिन्न कक्षमा अध्ययनरत बिद्यार्थीले आकर्षक नृत्य, प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै स्कुलका प्रिन्सिपल प्रकाश खड्काले बार्षिक उत्सव एवं अभिभावक दिवस कार्यक्रमले स्कुलमा शिक्षक शिक्षिकाले के कस्तो मेहेनत गरे अनि बिद्यार्थीले के कस्ता बिषय सिके अनि आँफुलाई कस्तो बनाए भन्ने प्रष्ट हुने बताउनुभयो।principal tendarfeet

प्रिन्सिपल खड्काले आँफुले स्कुलमा सकेजति मेहेनत गरेको भन्दै कलिला बिद्यार्थीले तोतेबोलिमा नमस्कार प्रिन्सिपल सर भनेको सुन्दा आनन्द आउने कबितात्मक शैलिमा सुनाउनुभयो।

कार्यक्रममा स्कुलका फाउण्डर एवं शिक्षक राजन ढकालले आँफुहरु सँस्कृति बनाउने क्रममा रहेको भन्दै सँस्कृतिको सचेतना शिक्षाको सचेतना भन्दा शक्तिशालि हुने बताउनुभयो। उहाँले स्कुलमा शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराखेको भन्दै शिक्षण अझ प्रभावकारी बनाउन प्रयासरत छौँ भन्नुभयो।

कार्यक्रममा सुन्दरहरैँचा ६का वडाध्यक्ष सन्तोष लिंदेनले बिद्यार्थीले कार्यक्रम सञ्चालन गरेको बाटै स्कुलले सिकाईलाई कत्ति प्राथमिकता दिएको रहेछ भन्ने प्रष्ट भएको बताउनुभयो।

tendarfit shantosh

अध्यक्ष लिंदेनले निजि स्कुलहरुले शिक्षा बिकासमा पुर्‍याएको योगदान अनुकरणीय रहेको भन्दै स्कुलको प्रशंसा गर्नुभयो।

कार्यक्रमका अभिभावक तारा ढकालले स्कुलको भवन, खेलमैदान, शिक्षक शिक्षिकाको अभिभावकीय भूमिका आदिले आफ्ना छोराछोरी स्कुल जाँदा जत्ति खुसि हुन्छन स्कुलबाट घर फर्किँदा उत्तिनै खुसी हुने भन्दै स्कुलको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। उहाँले स्कुलमा अंग्रजी र नेपाली भाषालाई समानान्तर रुपमा अगाडी बढाईएको भन्दै खुसी ब्यक्त गर्नुभयो।

students

कार्यक्रममा राजनीतिकर्मी देवराज तामाङ्ग, बिभिन्न संघसँस्थाका प्रतिनिधि लगायतको उपस्थिती थियो।