इटहरी / इटहरीमा प्रथम कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनी सञ्चालनमा भइरहेको छ ।

इटहरी उपमहानगरपालिकाको सहकार्य तथा इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कृति, प्रकृति र संस्कृतिको केन्द्रका रुपमा विकसीत बन्दै आएको रमणीय स्थान इटहरी मेट्रिक्समा मंगलबार देखि आगामी चैत्र ३ गते सम्म प्रदर्शनी सञ्चालन हुदै छ ।

मंगलबार प्रर्दशनीको उद्घाटन कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टको प्रमुख आथित्यता तथा प्रर्दशनीका संयोजक नेपाल ललितकला प्रतिष्ठानका प्राज्ञ सञ्जय वान्तवाको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।

पुर्व भुमीसुधार मन्त्री राम कुमार सुब्बालाई अभिनन्दन गरिएको थियोे भने प्राज्ञा जीवननाथ पोख्रेल ,वरिष्ठ कलाकार निवास पोख्रेल,कलाकार रेनुका तिम्सिना ,उषा अर्याल ,श्रि कृष्ण जोशी,दल बहादुर तामाङ , श्रि प्रसाद किरातलाई सम्मान गरिएको थियोे ।

आगामी दिन कोशी प्रदेशले सरकार यस्ता प्रर्दशनीलाई सहयोग गर्ने  कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले बताउनुभयो ।

यस्तो प्रर्दशनीले चित्र कला र कला संस्कृतिको जगेर्ना हुनेनेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौका कुलपति नारदमणि हार्तमछालीले बताउनुभयो । नेपाल बरि कलाकारहरूलाई समेटर प्रदेश बरिका कलाकारलाई समेटर प्रर्दशनी आयोजना गर्ने समेतको उहाँले बताउनुभयो ।

विभिन्न ९ वटा विद्या प्रदर्शनीमा समावेश राखिएको छ । इटहरी उपमहानगरपालिकाले कला संस्कृति र प्रर्दशनीलाई सहयोग गर्दै जाने नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।

 सातै प्रदेशहरुमा आयोजित प्रादेशिक ललितकला प्रदर्शनीका प्रतियोगीहरुबाट विजयी प्रतियोगी कलाकृतिहरुलाइ राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गरिएको प्रर्दशनीका सह संयोजक तथा इटहरी मेट्रिक्सका अध्यक्ष विक्रम श्रीले बताउनुभयो ।   

कार्यक्रममा कोशी प्रदेश सांसद मिना श्रेष्ठ, कोशी प्रदेश सांसद विनोद वान्तावा ,कोशी प्रदेश सांसद यशोदा कायस्थ, इटहरी उपमहानगरपालिकाका उप मेयर संगिता कुमारी चौधरी, धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम मेघा, इटहरी ४ का वडा सदस्य अमृत बहादुर बस्नेत,सङ्गीत साधना प्रतिष्ठान इटहरीका संचालक राजु केशी,समाज सेवि तथा कलाकार रितेश जंग पौडेल विभिन्न कलाकार ,आयोजकका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियोे ।IMG_20240312_203838