इटहरी/ इटहरी २स्थित क्रिम्सन एकेडेमीले ८ औं बार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ। हवाईचोकमा रहेको एकेडेमीले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित बार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको हो।

इटहरी २का वडाध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यता एवं क्रिम्सन एकेडेमीका प्रधानाध्यापक गणेश कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा  नर्सरी देखि कक्षा ५ सम्मका बिद्यार्थीले आफ्नो कला प्रस्तुत गरेका थिए। 

आफ्नै फरक शैली र फरक शिक्षण सिकाई व्यबस्थापनका कारण पछिल्लो समय अभिभावक माझ लोकप्रिय स्कुलको यो बार्षिक उत्सब समेत फरक र आकर्षक शैलीमा मनाएको अभिभावक सिताराम काकीले बताउनुभयो।

कार्यक्रममा नृत्य, गायन, कमेडी, Cultural Fashion Show, नाटक जस्ता प्रस्तुतिहरु देखाइएको थियो। कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै प्रिन्सिपल गणेश कोइरालाले यस्ता कार्यक्रमले बिद्यार्थीको लुकेर रहेको कला र नेतृत्व क्षमताको बिकास हुने बताउनुभयो।

krimson 1

त्यस्तै अभिभावक बिद्यालय र बिद्यार्थीलाई एकै ठाउँमा मिलाएर सम्बन्ध प्रगाढ बनाउने संगमको रुपमा अभिभावक दिवसलाई आफूले लिएको सँस्थाका संयोजक प्रकाश खतिवडाले बताउनुभयो। 

कार्यक्रममा अभिभावकलाई हण्डीफोर र म्यूजिकल चेयर जस्ता खेल खेलाएर मनोरञ्जन गराइएको थियो।

कार्यक्रममा वडाध्यक्ष माधव कोइरालाले बिद्यार्थीले कार्यक्रम संचालन गरेको बिषयको प्रशंसा गर्दै प्रगतिको कामना गर्नुभयो।

कार्यक्रमका बिशिष्ट अतिथीमा केएमसिए सुनसरीका अध्यक्ष हरी आचार्यले बाल मनोविज्ञानले कसरी कार्य गर्छ र बिद्यार्थीप्रति अभिभावकको के दायित्व रहन्छ भन्ने बिषयमा आफ्ना भनाई राख्नुभएको थियो।

krimson staff