धरान/ भुजेल समाज सेवा समिति कोसी प्रदेश समितिको दोश्रो अधिवेसनले नारायण भुजेलको अध्यक्षता नयाँ कार्यसमिति गठन गरेको छ। अधिबेशनले भुजेललाई दोश्रो कार्यकालका लागि अध्यक्ष चुनेको हो।

two

समितिको उपाध्यक्षमा झापाका चिरञ्जीवी खवास र मोरङ्गकी शुसिला भुजेललाई चयन गरेको छ भने सचिव घोषणा हुन बाँकी रहेको छ। यस्तै कोषाध्यक्षमा इलामकी बिना भुजेल, सहसचिवमा खोटाङ्गका उमेश भुजेल र सदस्यहरुमा भोजपुरकी पवित्रा भुजेल, झापाका डम्बर खवास, सुनसरीकी लक्ष्मी भुजेल, तेह्रथुमका सुमन भुजेल, धनकुटाका गर्जमान भुजेल, मोरङ्गका बिनोद भुजेल, सुनसरीका केशब भुजेल, ओखलढुंगाका सरोजकुमार भुजेल र इलामका ऋतुकान्त भुजेल चुनिएका छन्।

samiti

दोश्रो कार्यकालका लागि अध्यक्षमा चुनिनुभएका नारायण भुजेलले अधिबेशन सफल र गरिमामय बनाउन बिशेष भूमिकासहित प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुने भुजेल समाजका केन्द्रिय अध्यक्ष, बिशेष अतिथिका रुपमा उपस्थित हुनुभएका नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका बरिष्ठ उपाध्यक्ष, भुजेल समाजका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज, महासचिव, पूर्व अध्यक्षहरु, भुजेल जाती, भाषा र संस्कार बिषयका अध्येता बिद्वानहरु, फोहरो(भुजेल संस्कार कर्म गराउने)हरुलगायत सम्पूर्ण अतिथिहरु, निर्वाचन कमिटीका सदस्यहरु एवं निर्वाचन अधिकृत, प्रतिनिधि पर्यवेक्षक,सञ्चारकर्मी, स्वयंसेवक तथा सहयोगी सबैमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्नुभएको छ।