इटहरी/ नेपाल रिकण्डिसन अटो व्यवसायी संघको कोसी प्रदेश स्तरीय प्रथम भेलाले राजकुमार बोगटीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। शनिबार(आज) भएको प्रथम कोसी प्रदेश स्तरीय भेलाले बोगटीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा सुरेन्द्र कटुवाल र रोशन गिरी सचिवमा मिलन थाम्देन लिम्बु, सह–सचिवमा खड्ग कार्की, कोषाध्यक्षमा ओम बस्नेत, सह–कोषाध्यक्षमा किशोर चौधरी अनि सदस्यहरुमा राज कुमार डंगोल, खगेन्द्र कुमार बस्नेत, ईन्द्र खड्का र कमल कार्की ढोली चयन हुनुभएको छ।

यस्तै समितिको ४ सदस्यीय सल्लाहकार समति पनि गठन गरिएको छ। समितिको बरिष्ठ सल्लाहकारमा मनिष राई अनि सल्लाहकारहरुमा राम आशिष महतो, भरत बास्कोटा र पूर्ण बिश्वकर्मा चयन हुनुभएको छ।

कार्यक्रममा नेपाल रिकण्डिसन अटो व्यवसायी संघका केन्द्रीय अध्यक्ष रमेश कोईरालाको प्रमुख आतिथ्यता एवं संघका महासचिव कुमार बोगटीको बिशिष्ट आतिथ्यता रहेको थियो।

नवगठित समितिका अध्यक्ष बोगटीले आफ्नो कार्यकालमा सम्पूर्ण रिकण्डिसन व्यवसायीहरुको हकहितको संरक्षण गर्दै कार्यसम्पादन गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ।

बैठकले सेकेण्ड ह्याण्ड मोटर बिक्रीमा बागमति प्रदेश पछिको दोश्रो ठूलो बजार कोशी प्रदेश रहेको र यस व्यवसायमा लगानी गर्ने व्यवसायीहरूको हकहितको संरक्षण, ग्राहक लाई सहज र शुलभ ढङ्गबाट सेवा प्रदान गर्न ब्यवसायीहरुको संगठन आवश्यक ठहर गर्दै केन्द्रिय कमिटिको मातहतमा कोशी प्रदेश कमिटि गठन गरिएको हो।

कार्यक्रममा केन्द्रिय अध्यक्ष रमेश कोइरालाले यातायातका साधन खरिद बिक्री भई नामसारी गर्दा झेल्नुपरेको समस्याहरुलाई हल गर्न सरकारसँगै आवश्यक पहल गर्ने बताउनुभयो। ग्राहकहरुको मागलाई मध्यनजर गर्दै फाईनान्सको सुविधालाई थप सहज बनाउन बित्तिय सँस्थाहरुसँग छलफल भईरहेको बताउनुभयो।

संघका केन्द्रिय महासचिव कुमार बोगटीले अहिले बजारमा बढ्दै गएको बिद्युतीय सवारीसाधनको मागलाई रिकण्डिसन ब्यसायीहरूले पनि उचित मूल्यांकन गरी व्यापार प्रवर्धन गनुपर्नेमा जोड दिनुभयो। बिद्युतीय सवारीसाधनहरुलाई बैंक फाइनान्स उपलब्ध गराउने सम्वन्धमा फाइनान्स कम्पनीहरुसँग संघले छिट्टै सम्झौता गर्ने बताउनुभयो।

कोशी प्रदेश कमिटिका अध्यक्ष राजकुमार बोगटीले प्रदेश भरी छरिएका व्यवसायीहरुले गोलबन्द भएकोमा खुसी ब्यक्त गर्दै ब्यवसायीहरूलाई थप मद्दत पुग्दै ग्राहकहरुलाई अधिकतम् सन्तुष्टी प्रदान गर्न आवश्यक सल्लाह सुझाव लिई सुधार गर्नलाई संघ हरपल तयार रहनुपर्ने बताउनुभयो।

इटहरीको पश्चिमलाईन कलंकी चोकमा रहेको गंगा जमुना होटेलमा आयोजित कार्यक्रममा नेपाल रिकण्डिसन अटो व्यवसायी संघ कोशी प्रदेश कमिटि गठन भएको हो।