इटहरी/ सुनसरीको इटहरीस्थित खनारमा भएको दुर्घटनामा मोरङको बेलबारी ८का काका भतिजको ज्यान गएको छ। दुर्घटनामा बेलबारी ८का बिपन दाहाल र ६ बर्षीय अबि दाहालको ज्यान गएको हो।

deathशुक्रबार दिउसो २बजेतिर कोसी राजमार्ग अन्तरगत इटहरी १२ रिलायन्स मिल अगाडी इटहरी तर्फबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ३९७८ नम्बरको ट्रकले बिराटनगरतर्फबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २५बर्षीय  बिपन र अबि दाहालको ज्यान गएको हो।

दुर्घटनामा अर्का एकजना अन्दाजी १३/१४ बर्षीय किशोर पनि घाईते भएका छन्। घाईतेलाई उपचारको लागि कोसी हस्पिटल बिराटनगर पठाएको प्रहरीले जनाएको छ।

यस्तै ट्रक चालक इटहरी २का ३०बर्षीय प्रदिप कोईरालालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।