सुनसरी / इटहरीमा रहेको कस्तुरी सेकेन्डरी स्कुलले १७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ।

कार्यक्रममा स्कुलमा अध्ययनरत बिद्यार्थीले विभिन्न जात जातिका नृत्य, नाटक साथै गायन प्रस्तुति देखाएका थिए ।

कार्यक्रममा विद्यार्थीहरु शैक्षिक, विज्ञान प्रविधिका सामाग्रीहरु वनाएर प्रर्दशनीमा राखेका थिए। सामाजिक तथा पत्रकारीता क्षेत्रमा योगदान पुर्याउने पत्रकार सुमन पुरी, दिपक कार्की र साहित्यकार टीका आत्रेय, गायक तथा संगितकार सत्यनारायण चौधरी र महिला राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक श्याम मानन्धरलाई सम्मान गरिएको थियोे ।

नियमित पढाइका सँगै अतिरिक्त विभिन्न क्रियाकलापले  गर्दा विद्यार्थीमा भएका प्रतिभा प्रष्फुटित हुने अवसर मिल्ने कस्तुरी सेकेन्डरी स्कुलका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेले बताए ।

नगरले शिक्षालाई जोड दिएर अगाडि बढेका संस्थागत र सामुदायिक विद्यालयलाई समान व्यवहार गर्दै अगाडि बढ्ने इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता चौधरीले बताइन् । 

विद्यालयमा पढाइ मात्र नभएर विद्यार्थीहरूलाई मनोरञ्जन दिन सांस्कृतिक नृत्य र विद्यार्थीको प्रस्तुति देखाउन कार्यक्रम गरिएको कस्तुरी सेकेन्डरी स्कुलका अध्यक्ष प्रेम प्रसाद न्यौपानेले बताए । 

सो कार्यक्रममा नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराई , इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्की, जनता बहुमुखी क्याम्पस इटहरीका सहायक  क्याम्पस प्रमुख टोलनाथ काफ्ले , विद्यालयका शिक्षक , विद्यार्थी ,अभिभावक स्थानीय टोल विकास संस्थाका प्रतिनिधि लगायतको सहभागीता थियोे।

IMG_20240307_182902

इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता चौधरीको प्रमुखको आथित्यता तथा कस्तुरी स्कुलका अध्यक्ष प्रेम प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।