काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धनबाट सामेल गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । पहिलो चरणमा तीन जना मन्त्री नियुक्त भएका छन् ।

यसरी शपथ लिने मन्त्रीहरुमा डिपी अर्याल, पदम गिरी र हितबहादुर तामाङ छन् । गठबन्धनमा मन्त्रालयको भागबण्डा र मन्त्रालयको बारेमा सहमति नभएकोले अहिले विना विभागीय मन्त्रीको रुपमा सपथ खुवाईएको छ ।