इटहरी / इटहरीमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता फागुन २६ गतेदेखि हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराउदै हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा जनता बहुमुखी क्याम्पस इटहरीको खेल मैदानमा आयोजना हुन लागेको फुटबल प्रतियोगितामा ९ समूह बिच प्रतिस्पर्धा हुने भएको हो ।

"राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" मुख्य नारामा रहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्ड कप फुटबल प्रतियोगिता -२०८० को संयोजन इटहरी उपमहानगरपालिकाले गरेको छ ।

सहभागी टिममा हाम्रो इटहरी भेट्रान क्लब , मिल्स भेट्रान विराटनगर, हाम्रो धरान भेट्रान सुनसरी , विराट मेघा स्पोर्ट्स एकेडेमी भेट्रान विराटनगर , राजारानी भेट्रान धनकुटा, उर्लाबारी भेट्रान मोरङ, दमक लखनपुर भेट्रान झापा, दुधे भेट्रान झापा र रियल फ्रेन्डस भेट्रान सिक्किम भारत बिच प्रतिस्पर्धा हुने आयोजक टिमका अध्यक्ष निर्मल तामाङले बताए ।

दिनसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैया र उपबिजेताले ६१ हजार रुपैया पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यानअफद म्याचले नगद २ हजार ५ सय र बिधागत उत्कृष्टले ३ हजार ५ सय नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजार पुरस्कार पाउने छन । 

प्रतियोगिता सम्पन्न गर्न कूल ६ लाख लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।