इटहरी / इटहरीमा नेपाली जुत्ता उद्योगी समुहद्वारा संचालित सामुहिक नेपाली जुत्ता बिक्री कक्ष सञ्चालन हुने भएको छ ।

सोमबार भएको पत्रकार सम्मेलन गर्दैइटहरीमा शुभकामना फुटवेर इण्डष्ट्रिज प्रा.लि काठमाडौंको आयोजनामा नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान" भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्यागी व्यावसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको बीचमा परिचित गराउने उदेश्यले आयोजना गरिएको छ ।

नेपाली जुत्ता चप्पल बिक्री कक्षमा ५० प्रतिशतसम्म छुट दिने गरी नेपाली जुत्ता चप्पल उत्पादन गर्दै आएका उद्योगीहरूले ग्राहकलाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध होस भनेर बिक्री कक्ष स्थापना गर्ने भएको छ ।

बिक्री कक्षमा रोयल सुज, क्रस रोड सुज, वीएफ डियर हिल सुज, फस्ट वाक सुज, डिजे सुजका उत्पादनहरू उपलब्ध हुने सञ्चालक नानीराज घिमिरेले बताए ।

इटहरीको पश्चिम लाइनमा रहेको म्याजिक स्टेण्ड छेउमा सञ्चालनमा रहेको महोत्सव मङ्गलवार सकिनेछ भने सोही स्थानमा बिक्री कक्षको स्थापना गरिने छ । बिक्री कक्षमा तीन हजार मोडलका जुत्ता चप्पल पाइने छन् ।  बिक्री कक्ष स्थापनाका लागि आवश्यक पर्ने कागजी प्रक्रिया पुरा भएको अर्का सञ्चालक होमनाथ उपाध्यायले बताए । 

एउटै बिक्री कक्षबाट ६ वटा ब्रान्डका जुत्ताहरू छानी छानी किन्न सकिने र बिक्री कक्षमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको सञ्चाल उपाध्यायले बताए । नेपाली जुत्ता चप्पल पनि बलिया राम्रा डिजाइनका र सस्ता छन् भनेर ग्राहकलाई बुझाउन सामूहिक बिक्री कक्षको अवधारणा ल्याएको अर्का सञ्चालक रिजवान उल्लाहले बताए ।  

यसअघि इटहरीमा प्रथम फागुन १३ गतेबाट जुत्ता चप्पल व्यापार महोत्सव सञ्चालन हुँदै आएको छ । महोत्सव ३५ दिनका लागि सञ्चालन गर्ने अनुमति लिए पनि स्थानीय व्यापारीको अनुरोधमा १० दिनमा झार्दै बिक्री कक्ष स्थापना गर्न लागिएको नानीराज घिमिरेले बताए । महोत्सव आजसम्ममा ७५ हजार बढिले अवलोकन गरेको र ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।