इटहरी / इटहरी वडा नम्बर ३ ले बाँदर संरक्षण अभियान सुरू  गरेको छ।

कोशी प्रदेशको पहाडी भेगहरूमा बाँदर आतङ्कले बसाइ सर्ने क्रम बढिरहेको बेला इटहरीमा भने बाँदर धपाउने भन्दा पनि त्यसको संरक्षण गर्ने तर्फ इटहरी ३ नम्बर वडा कार्यलय र स्थानीयहरू लागि परेका छन् । इटहरी ३ तालतलैया र खुर्साने खाप आसपास अहिले बाँदर आतङ्क बढदो रहेकाले  घरमा राखिएको अन्न , खानेकुरा सबै बाँदरले खाएर नष्ट गर्ने गरेको छ ।

hupen vai

बाँदर धपाउने योजना लिएर गाउँ जाँदा स्थानीय आफैले धपाउने भन्दा संरक्षण गर्ने उपाय निकाल्न सुझाव दिएको इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीले बताए । बन जङ्गल मासिएर प्राप्त आहारा नपाएपछि दैनिक ६० वटा भन्दा बडीको सङ्ख्यामा बाँदरहरू गाउँ पसेको स्थानीयहरू बताउँछन । 

बाँदरले पाकेको खाना खाइदिने , अन्न नष्ट गर्ने , भौतिक सामग्री क्षतविक्षत बनाउने , फर्निचर बिगार्ने देखि थाल बटुको नै बोकेर कुद्ने जस्ता प्रविती बढेपछि हैरान बनेको स्थानीयहरू बताउँछन् । 

जङ्गलमा पर्याप्त आहारा नपाएपछि मानव बस्ती छिरेको बाँदरलाई रोक्न यो नौलो योजना रहेको पनि उनले सुनाए  । जसमा आप , लिच्ची , सरिफा , तित्री , बर्रा,अम्बा लगायतका बिरुवा रोपिएको वडाध्यक्ष सुवेदीले बताए । रोपिएका फलफूलका बिरुवाहरूले आगामी ६ महिना देखि नै फल दिन सुरु गर्ने वडाध्यक्ष सुवेदीले बताए ।

बाँदर नियन्त्रणका लागि विशेष योजना बनाउन संसदमा कुरा उठिरहेको सङ्घीय सांसद तथा कोशी प्रदेशका पूर्व मुख्य मन्त्री भीम आचार्यले बताए । 

बाँदर संरक्षण अभियानका प्रमुख अतिथि समेत रहेका सांसद आचार्यले शुभकामना मन्तव्य राख्ने क्रममा कोशी प्रदेशको पहाडी भेगमा बाँदर आतङ्क बढदो रहेको जसका कारण क्रमशः गाउनै बसाइ सराइले खाली हुँदै गएको प्रति चिन्ता प्रकट गरे । सांसद आचार्यले बाँदरकै कारण मानव बस्ती रित्तिन नदिन नियन्त्रणका प्रयासहरू अघि बढाउने बताए । 

जङ्गलबाट आएको बाँदरलाई जङ्गलमै रोक्न वडा कार्यालयले शनिवार पहिलो चरणमा १०० वटा फलफूलको बिरुवा रोपेको र यो अभियान वर्षैभरि चलाइने भएको छ ।