इटहरी / इटहरी वडा नम्बर ४ मा रहेको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै नेता ओलीले इटहरी र सुनसरीलाई सहयोग गर्न आफू सधै तयार रहेको बताए । ‘योजनामा राख्न, बजेट पार्नका लागि मलाई सम्झनुहोस्,’ उनले भने, ‘उद्घाटन ठूलो कुरा होइन, वडाध्यक्षले गरेपनि हुन्छ ।’

उनले सबैका लागि गुणस्तरीय शिक्षा उपलब्धताका लागि आफूले सक्दो सहयोग गर्नेसमेत बताए । ‘सरकारमा भएपनि नभएपनि म तपाईहरुलाई सहयोग गर्न सधै तयार छु,’ उनले भने ।

उनले शिक्षा विकासको लागि पुर्वाधारकले मात्र केही नहुने बताउँदै शिक्षक शिक्षिकाहरुसमेत दक्ष हुनुपर्ने विचार राखे । 

नेपाल सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत विद्यालय ९ करोड ४६ लाख ८ हजार ५ सय ७८ रूपैयाँमा निर्माण सम्पन्न भएको कचना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढिक बहादुर राईले बताए ।

विद्यालय उद्घाटन हुँदा शिक्षा क्षेत्रमा सहयोग पुग्ने वडा अध्यक्ष भक्त लामाले बताए । इटहरीका शिक्षा क्षेत्रमा इटहरी सरकार योजना लिएर अगि बढेको इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता कुमारी चौधरीले बताइन् ।