इटहरी/ तयारी नपुगेको भन्दै इटहरी ४ स्थित कचना महादेव माध्यमिक बिद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ। इटहरी उप–महानगरपालिकाले सुचना जारी गर्दै भवन उद्याटन कार्यक्रम स्थगित गरेको हो।

नवनिर्मित भवन पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलिले उद्याटन गर्ने कार्यक्रम तय भएको थियो। 

फागुन १६ गते इटहरी ४मा रहेको नवनिर्मित भवनको ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। पुर्वप्रधानमन्त्री ओली इटहरी आउने खबरले अत्यन्त हर्षित एवं उत्साहित हुदाहुदै सो कार्यक्रमलाई सभ्य, भव्य, अनुशासित र मर्यादित बनाउन आवश्यक तयारी गर्न समय पर्याप्त नभएकाले नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम स्थगित भएको व्यहोरा इटहरीका मेयर हेमकर्ण पौडेलद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ। 

मुलुकको प्रधानमन्त्री भइसकेको राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली उपस्थिति भएको व्यक्तित्व इटहरी आउनु समग्र इटहरीकै लागि उत्साहको विषय भएपनि कार्यक्रम व्यवस्थापनको आवश्यक तयारी गर्न समय नभएपछी कार्यक्रम स्थगित गर्नुपरेको इटहरी उपमहानगरपालिकाको दाबी छ।

यता कचना माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्षम डिकबहादुर राईले कार्यक्रम नरोकिने बताउनुभएको छ। आईतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष राईले कचना माध्यमिक बिद्यालय व्यवस्थापन समिति आफ्नो निर्णयमा अडिक रहेको जानकारी गराउनुभएको छ। अध्यक्ष राईले फाल्गुन १६ गते पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम भव्यताको साथ सफल पार्नु हुन सबै इटहरीवासीलाई समेत अनुरोध गर्दछु भन्नुभएको छ।

db dai

उहाँले बिद्यालय ब्यवस्थापन समितिको निर्णयलाई इटहरी उपमहानगर प्रमुखले स्थगित गरेको भनेर बिज्ञप्ती निकालेर कचना स्कुल व्यवस्थापन समितिको निर्णयको अपमान गर्नु दुःखद रहेको भन्दै पूर्व प्रधानमन्त्री, बिपक्षीदलको नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली आएर स्कुल उद्घाटन गर्ने बिषय इटहरी उपमहानगरकोको गौरवको बिषयलाई नगरप्रमुखले पूर्वग्राही ढंगवाट स्थगित गर्नु दुःखद र खेदजनक रहेको उल्लेख गर्नुभएको छ।

यस्तै नेकपा एमाले इटहरी ४ नम्बर वडा कमिटि अध्यक्ष सुनिल कार्कीले इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले आफ्नो नाम शिलालेखमा नआउने र आतिथ्यता ग्रहण गर्ने क्रममा बरियताक्रममा आफु तल हुने आफ्नो बारियता भन्दा ठुलो स्थान मेयरले खोजेको कारण निर्धारित कार्यक्रम व्यवस्थापन समितिले गरेको निर्णयलाई ठाडो स्थगित गरेको र तयारी नपुगेको भनेर विज्ञप्ति निकाल्ने कार्यले स्तब्ध बनाएको छ भन्दै मेयर पौडेलले राजनीती पूर्वाग्रह साध्न पूर्व प्रधानमन्त्री आउने कार्य रोक्ने काम गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै  खेद प्रकट गर्नुभएको छ।
sunil

-प्रथम पटक सम्मादित