इटहरी/ इटहरी २ का बिकास भण्डारी संगित प्रतिष्ठान टोल बिकास सँस्थाको अध्यक्षमा चयन भएका छन्। शनिबार भएको टोलबासीहरुको भेलाबाट भण्डारी अध्यक्षमा चुनिएका हुन्।

इटहरी २ स्थित संगित साधना प्रतिष्ठान इटहरीमा भएको टोलबासीहरुको भेलाले सँस्थाको उपाध्यक्षमा दिपेन्द्र खत्री, सचिव बालकुमार बिष्ट, कोषाध्यक्ष आनन्दकला राईलाई चयन गरेको छ।

सँस्थाका सदस्यहरुमा पदम बहादुर बुढाथोकी, अर्जुन निरौला, उर्मिला दाहाल, राजन अधिकारी र बिनिता कार्की चुनिएका हुन्।